२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।
सुदूरपश्चिमले आजको खेलका लागि २ परिवर्तन गरेको छ । मुख्तार अहमदको ठाउँमा पुनीत मेहरा आएका छन् भने मिलन बोहराको ठाउँमा दीपक बोहरा आएका छन् ।
लुम्बिनीले एक परिवर्तन गरेको छ । जेजे स्मिथको स्थानमा श्रीलंकन मोभिन शुभसिंहा आएका छन् । उनी पहिलो खेल खेल्दै छन् ।
प्रतिक्रिया 4