+
+
Shares

कोइला अभावपछि हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द   

हेटौंडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ ।  

रासस रासस
२०८३ वैशाख ३ गते १२:३५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेटौंडा सिमेन्ट उद्योगले कोइलाको अभावका कारण ३ वैशाखदेखि उत्पादन बन्द गरेको छ।
  • उद्योगले ३ हजार मेट्रिकटन कोईला खरिदका लागि बोलपत्र आव्हान गरिसकेको छ।
  • सहायक प्रवन्धक विकास श्रेष्ठले कोइला परीक्षण नतिजा अनुसार उत्पादन समय निर्धारण हुने बताए।

३ वैशाख, मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ ।

करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोईला खरिदका बोलपत्र आव्हान गरिसकेको छ ।

करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौंडा सिमेन्ट उद्योगको सहायक प्रवन्धक विकास श्रेष्ठले बताए ।

कोइलाको परीक्षण नतिजा अनुसार मात्र सिमेण्टको उत्पादनको समय निर्धारण हुने उनले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?