६ वैशाख, काठमाडौं । गुण्डागर्दी गरेको आरोपमा प्रहरीले बालुवाटारबाट एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-३ बसुन्धराका निरे भनिने निराजन पौडेललाई बालुवाटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
ठेक्कापट्टामा संलग्न निरे मिलन चक्रे समूहमा रहेर गुण्डागर्दी गरेको प्रहरीले जनाएको छ । प्रहरीले सुरक्षित काठमाडौं अपरेसनअन्तर्गत उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको सीआरएस रेकर्ड अनुसार निरेमाथि हातहतियार तथा खरखजाना, ज्यान मार्ने उद्योग, अभद्र व्यवहारलगायतका ६ वटा मुद्दा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4