+
+
Shares

पूर्वाञ्चल गट ट्यालेन्ट : तीन विधामा चार विजेता

ईश्वर थापा ईश्वर थापा
२०८३ वैशाख ६ गते १३:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाबाट ६०० जनाले भाग लिएका थिए र फाइनलमा ३१ जना प्रतिस्पर्धी थिए।

६ वैशाख धनकुटा । ‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन–७’ को फाइनलमा तीन विधामा ४ जना विजेता बनेका छन् । गायनतर्फ एक जना, नृत्य जुनियरतर्फ एक जना र नृत्य सिनियरतर्फ दुई जना विजयी बनेका हुन् ।

गायनतर्फ झापाका सुज्ञान खनाल, नृत्य जुनियरतर्फ झापाकी सुम्निमा राई र नृत्य सिनियरतर्फ पाँचथरका शिशिर नेम्वाङ र सेमिना लिम्बू विजयी भएका छन् । धनकुटा नगरपालिका–५ स्थित तल्लो टुँडिखेलमा शनिबार राति सम्पन्न प्रतियोगितामा अन्य प्रतिष्पर्धीलाई पछि पार्दै उनीहरू विजेता भएका हुन् ।

यसैगरी, गायनतर्फ पाँचथरका पबन राई दोस्रो र झापाकी दिव्या लाम्गादे तेस्रो भएका छन् । नृत्य जुनियरतर्फ झापाकी समता श्रेष्ठ दोस्रो र पाँचथरका याण्ङछुम जवेगु र सोनाक्षी मगर पाँचथर तेस्रो स्थान प्राप्त गरेका छन् । नृत्य सिनियरतर्फ मोरङकी गरिमा मगर दोस्रो र कल्चर भाइब्स ग्रुप धनकुटा र पाचँथरकी चाँदनी जवेगु तेस्रो बन्न सफल भए ।

टिन्स क्रु डान्स ट्रेनिङ सेन्टर धनकुटा र रिक्रियशन मल्टिमिडिया एण्ड इन्टरटेनमेन्टले प्रतियोगिताको आयोजना गरेको थियो । फाइनलमा गायनतर्फ १४, नृत्य सिनियरतर्फ ९ र जुनियरतर्फ ८ जना प्रतिस्पर्धी सहभागी रहेको कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिए ।

गायनतर्फ प्रथम हुनेलाई नगद ५ लाख रुपैयाँसहित सोही बराबरको जीवन बीमा प्रिमियम, म्युजिक रेकर्डिङ अवसर, गिफ्ट ह्याम्पर, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई क्रमशः १ लाख र ५० हजार रुपैयाँसहित अन्य सुविधा प्रदान गरिएको छ।

नृत्यतर्फ दुवै उमेर समूहकालाई प्रथमलाई २ लाख ५० हजार तथा दास्रो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । तेस्रो हुनेलाई जनही २५ हजार प्रदान गरिएको छ ।

गत असार २० गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाबाट ६०० जनाले भाग लिएका थिए । जसमा ४३० जनाले प्रारम्भिक चरणमा सहभागिता जनाएका थिए । मेघा अडिसनपछि छनोट भई ३१ जना अन्तिम चरणमा प्रवेश गरेका थिए ।

जसमा गायनतर्फ १४, नृत्य सिनियरतर्फ ९ र जुनियरतर्फ ८ जना प्रतिस्पर्धी रहेका थिए ।

प्रतियोगितामा निर्णायकबाट ५० र भोटिङबाट ५० प्रतिशत अंक प्रदान गरिएको थियो । प्रतियोगिताको नृत्यतर्फ युसिन यस्माली मगर, सुशान्त लिम्बु र दिपेश मगर तथा गायनतर्फ जुनी खालिङ राई, दिनेश भारती र महेश राई निर्णायक रहेका थिए ।

स्थानीय कला, संस्कृति र युवाहरूको प्रतिभालाई उजागर गर्ने उद्देश्यसहित प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । विशेषगरी ग्रामीण भेगमा लुकेर रहेका प्रतिभालाई पहिचान गर्दै उनीहरूलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य आयोजकले लिएको थियो ।

प्रतियोगिताको फाइनलमा विशेष आकर्षणका रूपमा कलाकार डिजी राज पौडेल र ‘द भ्वाइस अफ नेपाल सिजन–६’ का प्रतियोगी बिराट तामाङको प्रस्तुति रहेको थियो । टिन्स क्रु डान्स ट्रेनिङ सेन्टर धनकुटाले २०७३ मा पूर्वाञ्चल डान्सिङ्ग सुपरस्टार तथा २०७४, २०७६, २०७८, २०८० र २०८१ मा पूर्वाञ्चल गट ट्यालेन्ट प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?