+
+
Shares

संघीयता सबलीकरण समिति मातहतका ३ उपसमिति पुनर्गठन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १३:११

७ वैशाख, काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले तीनवटा संसदीय उपसमितिहरू पुनर्गठन गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले संघीयता सबलीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा र सामाजिक न्याय क्षेत्रका गरी तीन वटा उपसमितिहरू पुनर्गठन गरेको समिति सभापति जयन्तीदेवी राईले जानकारी दिइन् ।

उनकाअनुसार संघीयता सबलीकरण उपसमितिको संयोजकको जिम्मेवारी श्रीकृष्णप्रसाद अधिकारीलाई दिइएको छ । उक्त समितिको सदस्यहरुमा उदय बोहरा, किरणबाबु श्रेष्ठ र सोनाम गेल्जेन शेर्पा छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा उपसमितिको संयोजकमा विष्णुकुमारी सापकोटा चयन भएकी छन् । उक्त उपसमितिमा नारायणदत्त मिश्र, ललितजंग शाही र दुर्गाकुमारी गुरुङ सदस्य छन् ।

सभापति राईले सामाजिक न्याय उपसमितिको संयोजकमा रोशनी मेचे चयन गरिएको जानकारी दिइन् । उक्त उपसमितिका सदस्यहरूमा धर्मेन्द्र पासवान र मनरुपा शर्मा छन् ।

समिति सभापति राईले भनिन्, ‘हामीले अहिले तीन वटा संसदीय उपसमितिहरु पुनर्गठन गरेका छौँ । हामीले संघीयता सबलीकरण र राष्ट्रिय सरोकारसँग भएका विभिन्न कार्यक्षेत्रहरुको बारेमा अध्ययन गर्नुपर्नेछ । यी सबै कार्यक्षेत्रमा हाम्रो उपसमितिहरुले काम गर्नुपर्नेछ ।’

सभापति राईका अनुसार पुनर्गठित संसदीय उपसमितिहरूले संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकारसँग सम्बन्धित विभिन्न कार्यक्षेत्रको अध्ययन गरी प्रतिवेदन तयार पार्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?