+
+
WC Series
Nepal
38/2 (4.6)
VS
UAE
0/0
Shares

रेडक्रसको नेतृत्व चयनका लागि तोकियो निर्वाचन मिति

विनोदकुमार शर्माको नेतृत्वमा रहेको तदर्थ समितिले असार २४ र २५ गते निर्वाचनको मिति तय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल रेडक्रस सोसाइटीले असार २४ र २५ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने मिति तोकेको छ।
  • रेडक्रसले पाँच तहमा संरचना गरी विधान र निर्वाचन नियमावली संशोधन गरेको छ।
  • उम्मेदवार शुल्क महिला र १८ देखि ३० वर्ष उमेर समूहका युवाका लागि निःशुल्क राखिएको छ।

७ वैशाख, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले नयाँ नेतृत्व चयन गर्नका लागि निर्वाचनको मिति तोकेको छ । विनोदकुमार शर्माको नेतृत्वमा रहेको तदर्थ समितिले असार २४ र २५ गते निर्वाचनको मिति तय गरेको हो ।

रेडक्रसले वैशाख २६ गतेदेखि जेठ ४ गतेसम्म सबै पालिका शाखा, जेठ १५ गते जिल्ला शाखा, असार २ गते सातै प्रदेश समितिको निर्वाचनको कार्यतालिका बनाएको छ ।

आगामी निर्वाचनमा युवा तथा महिलाको नेतृत्वदायी भूमिका सुनिश्चित गर्न विशेष प्राथमिकता दिएको रेडक्रसले जनाएको छ । महिला र १८ वैशाख ३० वर्ष उमेर समूहका युवाहरूका लागि उम्मेदवारी मनोनयन दर्ता निःशुल्क गरिएको रेडक्रसको निर्वाचन आयोगले जानकारी गराएको छ ।

परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीको अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारलाई ५१ हजार रुपैयाँ तोकिएको छ । केन्द्रीय पदाधिकारीमा प्रतिस्पर्धा गर्नका लागि ३५ हजार रुपैयाँ तोकिएको छ भने केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ निर्धारण गरिएको छ । संस्थाको निर्वाचन नियमावली संशोधन गरेर उम्मेदवार शुल्क बढाइएको हो । शर्मा नेतृत्वमा रहेको तदर्थ समितिले विधान र निर्वाचन नियमावली संशोधन गरेको हो । संशोधित विधानअनुसार पाँच तहमा संस्थाको संरचना हुनेछ ।

केन्द्र, प्रदेश, जिल्ला, पालिका र उपशाखा हुने गरी संरचना हुने व्यवस्था गरिएको छ । केन्द्रीय समिति १९ सदस्यीय हुनेछ । १९ जनाको केन्द्रीय समितिमा पाँच जना पदाधिकारी हुने व्यवस्था गरिएको छ । केन्द्रीय समिति यसअघि ३३ सदस्यीय हुने व्यवस्था थियो ।

प्रदेश सभापतिमा प्रतिस्पर्धा गर्ने उम्मेदवारका लागि २५ हजार, अन्य पदाधिकारीलाई २० हजार, प्रदेश समिति सदस्यको उम्मेदवारलाई ७ हजार तोकिएको छ ।

साथै जिल्ला सभापतिको उम्मेदवार हुनका लागि १५ हजार, अन्य पदाधिकारीलाई १० हजार र जिल्ला समिति सदस्यलाई ५ हजार रुपैयाँ तोकिएको छ । पालिका शाखाका निर्वाचित हुनका लागि उम्मेदवार बन्नेले सभापतिका लागि ५ हजार, अन्य पदाधिकारीलाई ४ हजार र सदस्यलाई ३ हजार तोकिएको छ ।

२०७७ सालदेखि रेडक्रस सोसाइटी तदर्थ समितिमा सञ्चालित छ । त्यस यता, चारवटा तदर्थ समिति बने पनि निर्वाचन गरेर नयाँ नेतृत्व ल्याउन सकेका थिएनन् । शर्मा नेतृत्वको समितिलाई नयाँ नेतृत्वको लागि निर्वाचन गर्ने र विधान बनाउने कार्यादेश दिइएको थियो । तीन महिनाभित्र विधान बनाउने र निर्वाचन गर्ने कार्यादेश पुरा नगरेको वर्तमान तदर्थ समितिको अवधि असारसम्म पुर्‍याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?