+
+
Shares

नेपाली फ्रिल्यान्सरले अन्तर्राष्ट्रिय भुक्तानी सोझै खल्ती बाइ आईएमई वालेटबाट पाउने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते ११:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खल्ती बाइ आईएमईले आईएमई लिमिटेड र स्ट्राइपसँग साझेदारी गरी विदेशबाट प्राप्त हुने आम्दानी मोबाइल वालेटमार्फत पाउने व्यवस्था मिलाएको छ।
  • स्ट्राइप गेटवेमार्फत विभिन्न भुक्तानी माध्यम प्रयोग गरी रकम खल्ती वालेटमा तुरुन्तै जम्मा हुने कम्पनीले जनाएको छ।
  • आईएमई खल्तीका प्रमुख कार्यकारी प्रवीण रेग्मीले यो साझेदारीले नेपाली उद्यमी र डिजिटल ट्यालेन्टलाई विश्वव्यापी रूपमा कमाउने र रकम तत्काल प्राप्त गर्ने अवसर दिएको बताए।

८ वैशाख, काठमाडौं । खल्ती बाइ आईएमईले आईएमई लिमिटेड र स्ट्राइपसँग साझेदारी गर्दै नेपालमा बसेर विदेशका सेवा, व्यवसायबाट प्राप्त हुने आम्दानी मोबाइल वालेटबाट पाउने व्यवस्था मिलाएको छ ।

अन्तर्राष्ट्रिय भुक्तानी सोझै खल्ती बाइ आईएमई मोबाइल वालेटबाट प्राप्त गर्न सकिने छ । यस रणनीतिक साझेदारीले विदेशबाट हुने भुक्तानीमा सहजता, विश्वव्यापी पहुँच, रियल–टाइम भुक्तानी निकासा तथा अन्तरदेशीय कारोबारलाई सुरक्षित र भरपर्दो बनाउने कम्पनीले जनाएको छ ।

‘विदेशी सेवामा काम गरेको रकम पाउन खल्ती एपबाटै भुक्तानी अनुरोध पठाउन सकिने छ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘अन्तर्राष्ट्रिय कम्पनी तथा भुक्तानी बाहकले स्ट्राइप गेटवे मार्फत एसीएच, सेपा, भिजा, मास्टरकार्ड, एप्पल पे, गुगल पे र ईबैंकिङ जस्ता विभिन्न माध्यम प्रयोग गरी सहजै खल्ती एकाउन्टमा रकम भुक्तानी दिन सक्नेछन्।’

त्यस्तो भुक्तानी रकम नेपाली प्रयोगकर्ताको खल्ती वालेटमा तुरुन्तै जम्मा हुनेछ । यसबाट भुक्तानीका लागि हप्तौं कुर्नुपर्ने झन्झट अन्त्य भएको छ।

यसरी स्ट्राइपसँगको साझेदारी मार्फत निर्माण गरेको भुक्तानी संरचनाले सुरक्षित, नियामकको मापदण्ड बमोजिम भरपर्दो अन्तरदेशीय कारोबार सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी प्रवीण रेग्मीले नेपाली उद्यमी र डिजिटल ट्यालेन्टहरूका लागि विश्वव्यापी रूपमा कमाउने र सो रकम तत्काल प्राप्त गर्न यो साझेदारीले ढोका खुलेको बताए ।

यो पहल नेपालको फिनटेक क्षेत्रमा महत्वपूर्ण माइलस्टोन रहेको र यसले स्वदेशी डिजिटल वालेटले परिष्कृत र एकीकृत अन्तरदेशीय कारोबारमा सहजता प्रदान गर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?