+
+
WC Series
Nepal
0/0
VS
UAE
0/0
Shares

सेयर बजार २८०७ अंकमा, ३ कम्पनी बढे १५ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार नेप्से परिसूचक १८.१० अंक घटेर २८०७ अंकमा झरेको छ।
  • होटल तथा पर्यटन समूह १.१६ प्रतिशत बढ्दा अन्य सबै समूहका सूचक घटेका छन्।
  • पाल्पा सिमेन्ट, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावरको मूल्य १५ प्रतिशतले बढेको छ।

८ वैशाख, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १८.१० अंक घटेको छ । सो गिरावटसँगै नेप्से परिसूचक २८०७ अंकमा झरेको छ । कारोबार सुरु भएपछि लगातार बजार रातो अंकमा रह्यो । अघिल्लो दिन नेप्से १३ अंक घटेको थियो ।

आज कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ५ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७७ करोडको भयो । ४८ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ६ को स्थिर रह्यो ।

होटल तथा पर्यटन समूह १.१६ प्रतिशत बढेको छ । अघिल्लो दिन पनि यही समूह सबैभन्दा धेरै बढेको थियो । आज योबाहेक सबै समूहका सूचक घटे । बैंकिङ ०.४५, फाइनान्स १.०९, हाइड्रोपावर १.२३, लगानी ०.६०, जीवन बीमा ०.२३, उत्पादन तथा प्रशोधन ०.५३, माइक्रोफाइनान्स ०.४९, निर्जीवन बीमा ०.८६, अन्य १.२७ तथा व्यापार ०.९६ प्रतिशत घटे ।

३ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा पाल्पा सिमेन्ट, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर छन् । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको १४.८२, एसियन हाइड्रोपावरको १०.३८ प्रतिशत मूल्य बढ्यो ।

दोल्ती पावरको मूल्य सबैभन्दा धेरै ८.७१, सोलु हाइड्रोपावरको ५.७७ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर र एसवाई प्यानल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?