+
+
Shares

कन्डम उत्पादनमा पश्चिम एसिया युद्ध असर : ३० प्रतिशतसम्म मूल्य बढाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वकै सबैभन्दा ठूलो कन्डम उत्पादक कम्पनी कारेक्सले इरान युद्धका कारण कच्चा पदार्थको अभावले उत्पादन मूल्य ३० प्रतिशत वा सोभन्दा बढीले बढाउने तयारी गरेको छ।
  • कारेक्सका प्रमुख कार्यकारी अधिकृत गो मिया कियाटले युद्ध सुरु भएदेखि उत्पादन लागतमा उल्लेख्य वृद्धि भएको र ढुवानी खर्च र ढिलाइले बजार अभाव बढाएको बताए।
  • इरानसँगको युद्धले ऊर्जा बजार र दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा दबाब सिर्जना गरेको र आर्थिक अनिश्चिततामा कन्डमको माग करिब ३० प्रतिशतले बढेको कम्पनीले जनाएको छ।

विश्वकै सबैभन्दा ठूलो कन्डम उत्पादक कम्पनी ‘कारेक्स’ ले आफ्ना उत्पादनको मूल्य ३० प्रतिशत वा सोभन्दा बढीले बढाउने तयारी गरेको छ ।

इरान युद्धका कारण कच्चा पदार्थको आपूर्तिमा अवरोध उत्पन्न भएको भन्दै उक्त कम्पनीले मूल्य बढाउने तयारी गरेको हो ।

मलेसियामा आधारित यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत गो मिया कियाटले रोयटर्स र ब्लुमबर्गसँगको अन्तर्वार्तामा युद्ध सुरु भएदेखि उत्पादन लागतमा उल्लेख्य वृद्धि भएको बताएका छन् ।

‘ड्युरेक्स’ र ‘ट्रोजन’ जस्ता विश्वप्रसिद्ध ब्रान्डहरूका लागि उत्पादन गर्ने यस कम्पनीले वार्षिक पाँच अर्बभन्दा बढी कन्डम उत्पादन गर्दै आएको छ।

अमेरिकी र इजरायली हवाई आक्रमणको जवाफमा इरानले होर्मुज स्ट्रेटबाट हुने ढुवानीमा अवरोध पुऱ्याउने धम्की दिएपछि विश्वव्यापी तेल आपूर्ति शृङ्खला नराम्ररी प्रभावित भएको छ।

विश्वको झन्डै पाँच भागको एक भाग कच्चा तेल र तरल प्राकृतिक ग्यास यही जलमार्ग भएर जाने गर्द छ।

कारेक्सले कन्डम उत्पादनका लागि आवश्यक पर्ने एमोनिया र सिलिकनमा आधारित लुब्रिकेन्टहरूका लागि तेलमा आधारित सामग्रीमै भर पर्नुपर्ने भएकाले युद्धको प्रत्यक्ष असर मूल्यमा देखिएको हो।

विशेष गरी आर्थिक संकट वा अनिश्चितताको समयमा कन्डमको माग करिब ३० प्रतिशतले बढेको कम्पनीले जनाएको छ।

सीईओ कियाटले मानिसहरू आफ्नो भविष्य र जागिरप्रति अनिश्चित हुने समयमा थप आर्थिक भार बढ्ने भयले परिवार नियोजनका साधनको प्रयोग बढी गर्ने गरेको बताए ।

ढुवानी खर्चमा भएको वृद्धि र सामान आइपुग्न लाग्ने ढिलाइले बजारमा अभाव झनै बढाएको छ।

इरानसँगको युद्धले ऊर्जा बजार मात्र नभई उपभोक्ताका अन्य दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा पनि दबाब सिर्जना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?