+
+
Shares

रितेश देशमुखको फिल्म ‘राजा शिवाजी’ को विशेष शो काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १३:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेता रितेश देशमुखको निर्देशनमा बनेको फिल्म 'राजा शिवाजी' नेपालमा मे १ (वैशाख १८) देखि रिलिज हुने भएको छ।
  • फिल्ममा छत्रपति शिवाजी महाराजको जीवनलाई प्रस्तुत गरिएको छ र रितेशले मुख्य भूमिका पनि निर्वाह गरेका छन्।
  • फिल्मको बजेट १०० करोड भारतीय रुपैयाँभन्दा बढी छ र रिलिजकै दिन विशेष शो आयोजना गरिनेछ।

मुम्बई । बलिउड अभिनेता रितेश देशमुखको ‘ड्रिम प्रोजेक्ट’ मानिएको फिल्म ‘राजा शिवाजी’ नेपालमा पनि रिलिज हुने भएको छ । वितरण कम्पनी नेओम फिल्म्सका कश्यप नरेन्द्र वेद र नवीन उदासले फिल्म भारतसँगै नेपालमा पनि रिलिज हुने जनाए ।

रिलिजकै दिन विशेष शो गर्ने वितरकको तयारी छ । जसमा भारतीय दूतावासका प्रतिनिधि, नेपाली सञ्चारकर्मी र सेलिब्रेटीको सहभागिता हुने जनाइएको छ ।

‘साहस, नेतृत्व र स्वराजका प्रतीक छत्रपति शिवाजी महाराजको जीवन र दृष्टिकोणलाई नेपालमा प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ’, वितरक कश्यप नरेन्द्र वेदले भने ‘यो केवल एउटा फिल्मको प्रदर्शन मात्र नभई भारत र नेपालबीचको गहिरो सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई थप बलियो बनाउने माध्यम पनि हो ।’

दुवै राष्ट्रको वीरताको साझा इतिहास र आध्यात्मिक मूल्यमान्यताले पुस्ताौँदेखि हामीलाई प्रेरित गर्दै आएको छ ।’ वितरक वेदले फिल्मको महत्वलाई ध्यानमा राख्दै सिनेमा हलहरूलाई धेरै सो उपलब्ध गराउन समेत आग्रह गरेका छन् ।

मराठा साम्राज्यका संस्थापक छत्रपति शिवाजी महाराजको जीवनमा आधारित यस फिल्मलाई अभिनेता रितेश आफैँले निर्देशन गरेका हुन् भने मुख्य भूमिकामा पनि उनी स्वयं देखिएका छन् । फिल्ममा जेनेलिया देशमुख, सञ्जय दत्त, विद्या बालन, अभिषेक बच्चन र महेश मान्जरेकर जस्ता दिग्गज कलाकारको पनि अभिनय छ ।

रितेशका कान्छा छोरा राहिल देशमुखले यस फिल्ममा छत्रपति शिवाजी महाराजको बाल्यकालको भूमिका निर्वाह गर्दै अभिनयमा डेब्यु गरेका छन् ।

जियो स्टुडियोज, ज्योति देशपाण्डे र जेनेलिया डिसुजाले निर्माण गरेको फिल्म आगामी मे १ (वैशाख १८ गते) देखि नेपालमा प्रदर्शनमा आउनेछ । मिडिया रिपोर्टका अनुसार फिल्मको बजेट १०० करोड भारतीय रुपैयाँभन्दा बढी छ ।

देशमुखले निर्देशन गरेको यसअघिको मराठी फिल्म ‘वेड’ व्यावसायिक रूपमा निकै सफल भएको थियो, जसका कारण ‘राजा शिवाजी’ प्रति दर्शकको ठूलो अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?