+
+
Shares

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो- प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १५:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले सरकारले बल प्रयोग गरेर बस्ती उठाउन खोजे प्रतिवाद गर्ने बताएको छ।
  • मोर्चाको बैठकमा सरकारको निर्णय आधिकारिक हो कि होइन भन्ने विषयमा छलफल भएको थियो।
  • प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका छन्।

१० वैशाख, काठमाडौं । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले बल प्रयोग गरेर सरकारले बस्ती उठाउन खोजे प्रतिवाद गर्ने बताएको छ ।

बिहीबार दिउँसो शंखमुलस्थित एक कार्यालयमा बसेको मोर्चाको बैठकमा यसबारे छलफल भएको हो । मोर्चाका उपाध्यक्ष पवन गुरुङका अनुसार, सञ्चारमाध्यममा बस्ती हटाउने सरकारको तयारीबारे समाचार आएपछि बिहीबार दिउँसो बैठक बसेको थियो ।

‘बैठकमा सुरुमा त सरकारको निर्णय आधिकारिक हो या होइन भन्ने विषय उठ्यो,’ गुरुङले भने, ‘यदि हो रहेछ र बल प्रयोग गरेर उठाउने काम गरे हामी प्रतिरक्षाको लागि जे पनि गर्न तयार छौँ । जसरी पनि प्रतिरोध गर्छौँ । यसबारे हाम्रो बैठकमा छलफल भयो ।’

प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै आउँदो शनिबार र आइतबार सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?