१० वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको विधान पारित भएको छ । बिहीबार सांसदहरूले छलफल गरेर विधान पारित गरेका हुन् ।
छलफलबाट विधान पारित गरेर अनुमोदनका लागि पार्टी समक्ष बुझाइएको सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले जानकारी दिए ।
उनी कांग्रेसले दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिका संयोजक पनि हुन् ।
‘हामीले सांसदहरूसँग छलफल गरेर विधान पारित गरेका छौं,’ रसाइलीले भने, ‘पारित भएको दलको विधान अनुमोदनका लागि पार्टीलाई पठाइएको छ ।’
कांग्रेसले भोलि (शुक्रबार) संसदीय दलको नेता चयन गर्दै छ । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जितेको थियो ।
प्रतिक्रिया 4