+
+
Shares

१ अर्ब नाघ्यो पर्वतारोहण रोयल्टी, ९४४ आरोहीले लिए अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यो वर्ष बसन्त ऋतुमा ९४४ पर्वतारोहीले ३० हिमाल आरोहणका लागि अनुमति प्राप्त गरेका छन्।
  • पर्यटन विभागले हिमाल आरोहणबाट १ अर्बभन्दा बढी रोयल्टी संकलन गरेको छ।
  • सगरमाथाबाट ४१० आरोहीले अनुमति लिएर ८९ करोड ३ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ।

१० वैशाख, काठमाडौं । यो वर्ष बसन्त ऋतुमा पर्वतारोहणका लागि  बिहीबारसम्म ९४४ पर्वतारोहीले हिमाल चढ्न अनुमति प्राप्त गरेका छन् । पर्यटन विभागले सार्वजनिक गरेको साप्ताहिक विवरण अनुसार ३० हिमाल आरोहण गर्न सो संख्यामा अनुमति जारी भएको छ ।

यी आरोहीबाट विभागले १ अर्ब भन्दा बढी रोयल्टी संकलन गरेको छ । यसमध्ये सबैभन्दा धेरै रोयल्टी सगरमाथाबाट प्राप्त भएको छ । सगरमाथा चढ्न ४१ समूहका ४१० आरोहीले अनुमति लिएका छन् ।

सगरमाथाबाट मात्र ८९ करोड ३ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ । सगरमाथामा ९७ महिला आरोहीले अनुमति लिएका छन् । यो सिजनमा लोत्सेका लागि ७ समूहका ८६, अमादब्लमका लागि ८ समूहका ९२, मकालु प्रथम हिमालमा ५४ र हिमलुङ हिमालमा ५ समूहका ४४ जनाले आरोहण अनुमति लिएका छन् ।

यस वर्ष हिमाल आरोहणका लागि चीनबाट मात्र १२७, अमेरिकाबाट १००, बेलायतबाट ६४, रुसबाट ६०, अष्ट्रेलियाबाट २२ जनाले अनुमति लिएको विभागको तथ्यांक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?