+
+
Shares

आह्वान भएको भोलिपल्टै किन स्थगित भयो संसद् अधिवेशन ?

यसअघि मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले १७ वैशाख दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १८:२६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा १७ वैशाखका लागि संघीय संसदको अधिवेशन आह्वान गरेका थिए ।
  • सरकारले संसदसँग समन्वय नगरी अधिवेशन आह्वान गरेपछि अधिवेशन स्थगित गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो।
  • सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन स्थगित गरेका हुन् ।

१० वैशाख, काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ वैशाखका लागि संघीय संसद्‍को अधिवेशन आह्वान गरेका थिए । तर भोलिपल्टै सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका छन् ।

सरकारले संसद् अधिवेशन स्थगन गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा राष्ट्रपतिले आज अधिवेशन स्थगित गरेका हुन् ।

सिंहदरबार स्रोतका अनुसार सरकारले संसद्सँग समन्वय नगरी अधिवेशन आह्वान गरेकाले सच्चाइएको हो ।

सिंहदरबार स्रोतले भन्यो, ‘संसद्सँग सल्लाह नगरी मन्त्रिपरिषद्‍बाट निर्णय भएको रहेछ । तर संसद्‍मा तयारीको काम बाँकी रहेकाले मन्त्रिपरिषद्ले गरेको निर्णय सच्याइएको हो ।’

मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति पौडेलले बुधबार मात्रै १७ वैशाख दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।

यो अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ । १५ जेठमा सरकारले आगामी आर्थिक वर्षका लागि संसद्‌मा बजेट पेस गर्नुपर्छ ।  बजेटअघि प्रि-बजेट छलफलसमेत हुनेगर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?