News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाका सांसद टेकबहादुर शाक्यले मुलुकमा विगत ३५ वर्षदेखिको बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढिरहेको बताएका छन्।
- शाक्यले एमआरपी प्रणाली लागू गर्नु बजारमा अपारदर्शिता हटाउने सकारात्मक कदम भएको उल्लेख गरे।
- उनले साना तथा मझौला व्यवसायीहरू हराउने आशंका भ्रम मात्र भएको र सरकार तथ्यमा आधारित नीति बनाउने विश्वास व्यक्त गरे।
१३ वैशाख, काठमाडौं । रास्वपाका सांसद टेकबहादुर शाक्यले मुलुकमा विगत ३५ वर्षदेखिको व्याप्त बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढिरहेको बताएका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको ८औँ वार्षिक साधारणसभामा शाक्यले पुराना दलहरूले देशमा सिर्जना गरेको बेथितिलाई दुई तिहाइ बहुमत नजिकको सरकारले हटाउन चाहिरहेको बताए ।
उनले मुलुकमा सुशासन स्थापना गराउन सरकार र संसदबाट महत्वपूर्ण भूमिका खेलिने बताए ।
शाक्यले बजारमा पारदर्शिता अभाव रहेको सन्दर्भमा एमआरपी (अधिकतम खुद्रा मूल्य) प्रणाली लागु गर्ने कदमलाई सकारात्मक रहेको समेत बताए।
सांसद शाक्यले भने, ‘३५ वर्षको इतिहासमा जति पनि बेथितिहरू थिए, ती बेथितिलाई थितिमा ढाल्ने प्रयास गर्दैछौं । एउटा आजसम्मको नमुना एमआरपी नहुँदाखेरि जुन किसिमको बजारमा अपारदर्शिता थियो त्यो एकखालको बेथिति पनि हो । हामीले यहाँनेर आत्तिनुपर्ने अवस्था छैन ।’
शाक्यले साना तथा मझौला व्यवसायीहरू हराउने वा विस्थापित हुने आशंका केवल भ्रम मात्र भएको भन्दै सरकार तथ्य, अध्ययन र सुझावका आधारमा मात्र नीति निर्माण गर्ने विश्वास व्यक्त गरे ।
नेपाल विकासशील देशतर्फ उन्मुख भइरहेको र आर्थिक स्तर उकास्ने दिशामा सरकार गम्भीर रहेको पनि उनले बताए ।
प्रतिक्रिया 4