+
+
Shares

पपस्टार रिहाना मुम्बईमा, अम्बानीको घरमा गरिन् आरती (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १३:२७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वप्रसिद्ध पपस्टार र व्यवसायी रिहाना आफ्नो कस्मेटिक ब्रान्ड ‘फेन्टी ब्यूटी’ सार्वजनिक गर्न मुम्बईस्थित अम्बानी परिवारको निवास ‘एन्टिलिया’ पुगेकी छन्।
  • एन्टिलियामा रिहानालाई इशा अम्बानी, श्लोका मेहता, राधिका मर्चेन्ट र अनन्त अम्बानीले स्वागत गरेका थिए र उनले पूजा समारोहमा सहभागी भइ आरती गरेकी छन्।
  • रिहानाले ‘फेन्टी ब्यूटी की हवेली’ स्टोर उद्घाटनका लागि भारत भ्रमण गरेकी हुन् र ‘धन्यवाद’ हिन्दीमा कसरी भन्ने भनेर सोधेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

मुम्बई । विश्वप्रसिद्ध पपस्टार तथा व्यवसायी रिहाना भारत भ्रमणका क्रममा मुम्बईस्थित अम्बानी परिवारको निवास ‘एन्टिलिया’ पुगेकी छन् । उनी आफ्नो कस्मेटिक ब्रान्ड ‘फेन्टी ब्यूटी’ सार्वजनिक गर्न भारत गएकी हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार एन्टिलियामा उनलाई इशा अम्बानी, श्लोका मेहता, राधिका मर्चेन्ट र अनन्त अम्बानीले स्वागत गरेका थिए । घर प्रवेश गर्दा उनलाई परम्परागत नृत्यमार्फत स्वागत गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

रिहानाले अम्बानी परिवारसँग पूजा समारोहमा सहभागी भइ आरती समेत गरिन् । उनले ‘फूलको होली’ मा पनि सहभागिता जनाउँदै फूल गुच्छासँग खेल्दै परिवारका सदस्यसँग नाचेकी थिइन् । यसबाहेक, परिवारसँगै विशेष रूपमा तयार गरिएको भोजन पनि उनले ग्रहण गरिन् ।

रिहाना मुम्बईमा ‘फेन्टी ब्यूटी की हवेली’ नामक स्टोर उद्घाटनका लागि भारत गएकी हुन् । केही क्लिपमा उनी प्रभावशाली व्यक्तिसँग भेटघाट गर्दै र प्रशंसकसँग संवाद गरिरहेको देखिन्छिन् । ‘आफ्टर पार्टी’ मा अभिनेत्री जान्ह्वी कपूर र फेसन डिजाइनर मनीष मलहोत्रासँगको उपस्थितिले पनि चर्चा बढाएको छ ।

यसैबीच, एक भिडियोमा उनले ‘धन्यवाद’ लाई हिन्दीमा कसरी भन्ने भनेर सोधेको दृश्य पनि भाइरल बनेको छ । अर्को दृश्यमा भने उनी रेड कार्पेटमा फोटोग्राफरसँग मुस्कुराउँदै पोज दिँदै गरेको देखिन्छ ।

बार्बाडोसमा जन्मिएकी रिहानाको वास्तविक नाम रोबिन रिहाना फेन्टी हो । उनले सन् २००५ मा ‘पोन डे रिप्ले’ गीतमार्फत सांगीतिक यात्रा सुरु गरेकी थिइन् ।

त्यसपछि सन् २००७ को एल्बम ‘गुड गर्ल गोन ब्याड’ र ‘अम्ब्रेला’ गीतले उनलाई विश्वव्यापी पहिचान दिलायो । दुई दशकभन्दा बढीको करिअरमा उनले पप, आरएन्डबी र फेसन क्षेत्रमा प्रभाव जमाउँदै ९ वटा ग्रामी अवार्ड र बिलबोर्ड हट १०० मा १४ वटा नम्बर-वन गीत हासिल गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?