News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालकै पहिलो व्यवसायिक हिपहप रियालिटी शो 'द र्यापर : लेट द भर्स स्पिक' सिजन १ घोषणा गरिएको छ।
- शो हिमालयन टेलिभिजनमार्फत जेठ दोस्रो सातादेखि प्रसारण हुने र २० एपिसोड रहनेछ।
- विजेताले नगद १५ लाख रुपैयाँ र अन्तर्राष्ट्रिय टूरको अवसर पाउनेछन्।
काठमाडौं । नेपाली हिपहप संगीतलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित ‘द र्यापर : लेट द भर्स स्पिक’ सिजन १ घोषणा गरिएको छ । आयोजकका अनुसार यो नेपालकै पहिलो व्यवसायिक हिपहप (र्याप) रियालिटी शो हो ।
कार्यक्रमको आयोजना एनएक्सजी इन्टरटेनमेन्टले गरेको हो भने निर्देशन युवराज साउदले गरेका छन् । कार्यक्रम हिमालयन टेलिभिजनमार्फत प्रसारण हुने जनाइएको छ । शो जेठ दोस्रो सातादेखि प्रसारण हुने जनाइएको छ ।
डिजिटल पार्टनरको रूपमा हाइलाइट्स नेपाल र भोटिङ पार्टनरको रूपमा खल्ती छन् । पहिलो सिजनमा २० एपिसोड हुनेछन् ।
डिजिटल अडिसनमार्फत देशभरबाट उत्कृष्ट ६४ जना प्रतिस्पर्धी छनोट भएका छन् । उनीहरूले आफ्ना लिरिक्स, संगीत, कम्पोजिसन र र्याप क्षमतालाई फरक-फरक शैलीमा प्रस्तुत गर्नेछन् ।
शोका मुख्य निर्णायकको रूपमा गिरीश खतिवडा छन् । उनले शब्द, संगीत, प्रस्तुति, टेक्निकल पक्ष र बहुआयामिक क्षमताका आधारमा प्रतिस्पर्धीको मूल्याङ्कन गर्ने जनाइएको छ ।

‘स्क्वाड लिडर’मा विवश जमरकट्टेल (विवश जेके), विवेक घोरासैनी (बीजी बिर्गोर्खाली), संकेत श्रेष्ठ (ओएमजी स्पार्क) र जगत पुन (रेक्स) छन् । उनीहरूले प्रतिस्पर्धीलाई मार्गदर्शन गर्दै उनीहरूको कला निखार्न सहयोग गर्नेछन् ।
प्रतिस्पर्धाको विभिन्न चरण पार गर्दै अन्ततः टप १६, टप १० हुँदै टप ४ प्रतिस्पर्धी फाइनलमा पुग्नेछन् । टप १६ देखि टप १० सम्म निर्णायक र दर्शकको ५०/५० मतका आधारमा निर्णय हुनेछ भने त्यसपछि दर्शकको मत मात्रै निर्णायक हुनेछ ।
विजेताले नगद १५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । फाइनलिस्टलाई अन्तर्राष्ट्रिय टूरको अवसर पनि प्रदान गरिनेछ । डिजिटल अडिसन वैशाख १३ गतेसम्म खुला गरिएको थियो, जसमा ७ हजारभन्दा बढी सहभागीले आवेदन दिएका थिए ।
प्रतिक्रिया 4