News Summary
Generated by OK AI. Editorially reviewed.- पर्यटन विभागले सगरमाथा आधार शिविरमा ओभरनाइट स्टे प्याकेज बिक्री गर्ने ट्रेकिङ कम्पनीमाथि कडाइ गरेको छ।
- पर्वतारोहण नियमावली २०५९ अनुसार आधार शिविरमा विभागको पूर्वस्वीकृति बिना अन्य व्यक्तिलाई राख्न नपाइने व्यवस्था छ।
- पर्यटन विभागले आधार शिविरमै अस्थायी फिल्ड कार्यालय स्थापना गरी नियमन र सहजीकरण गरिरहेको छ र उल्लङ्घनमा कारबाही हुने चेतावनी दिएको छ।
१६ वैशाख, काठमाडौं । हिमाल आरोहणको सिजनमा ट्रेकिङ कम्पनीहरूले सगरमाथाको आधार शिविर क्याम्पमा रहने गरी ओभरनाइट स्टे प्याकेज बिक्री गर्न थालेसँगै सरकारले कडाइ गरेको छ । पर्यटन विभागले केही ट्रेकिङ कम्पनीले ती प्याकेजसहित विज्ञापन गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पर्वतारोहण सम्बन्धी नियमावली २०५९ मा पर्वतारोही दलका सदस्य, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाइमा जाने कामदार, आधार शिविरका कामदार र स्थानीय कामदारबाहेक विभागको पूर्वस्वीकृति बेगरका अन्य व्यक्तिलाई आधार शिविरमा राख्न नदिने व्यवस्था छ ।
यस्तो नियमनको काम सम्पर्क अधिकृतले गर्नुपर्छ । अहिले पर्यटन विभागले सगरमाथा आधार शिविरमै अस्थायी फिल्ड कार्यालय स्थापना गरी नियमन र सहजीकरणको काम गरिरहेको छ । विभागले सो व्यवस्थाको प्रतिकुल हुने गरी काम गरे कारबाही हुने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4