+
+
Shares

रहेनन् वरिष्ठ कला निर्देशक पासाङ टी शेर्पा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कला निर्देशक तथा हास्य कलाकार पासाङ टी शेर्पाको कलेजोसम्बन्धी समस्याबाट मंगलबार हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालमा निधन भएको छ।
  • शेर्पाको पार्थिव शरीर बौद्धस्थित शेर्पा गुम्बामा राखिएको छ र अन्त्येष्टि बिहीबार टेकुघाटमा गरिनेछ।
  • शेर्पाले ३ सयभन्दा बढी फिल्ममा कला निर्देशन गरेका थिए र उनको पछिल्लो फिल्म 'झिँगेदाउ २' हो।

काठमाडौं । कला निर्देशक तथा हास्य कलाकार पासाङ टी शेर्पाको निधन भएको छ । कलेजोसम्बन्धी समस्याबाट लामो समयदेखि पीडित शेर्पाको मंगलबार हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालमा उपचारका क्रममा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जनाए ।

स्वास्थ्य बिग्रिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । पार्थिव शरीर बौद्धस्थित शेर्पा गुम्बामा राखिएको छ । अन्त्येष्टि बिहीबार मध्यान्ह टेकुघाटमा गरिनेछ । संघले शेर्पाको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।

शेर्पाका दुई छोरी र चार छोरा छन् । उनले हास्य कलाकारका रूपमा करिअरको थालनी गर्दै बद्री अधिकारीको फिल्म ‘दुस्मन’बाट कला निर्देशकका रूपमा यात्रा थालेका थिए । आफू कला निर्देशक बन्नुमा बद्री अधिकारीको भूमिका रहेको उनले स्वीकारेका थिए ।

५९ वर्षिय शेर्पाले ३ सयभन्दा बढी फिल्ममा कला निर्देशन गरेका छन् । उनले काम गरेको पछिल्लो फिल्म ‘झिँगेदाउ २’ हो ।

चार दशकदेखि कला निर्देशनमा सक्रिय शेर्पाको बाल्यकाल बौद्धमै बितेको थियो । महेन्द्र बौद्ध विद्यालयमा अध्ययनका क्रममा उनी अतिरिक्त क्रियाकलापमा सक्रिय थिए । टेलिभिजनबाट अभिनय सुरु गरेका उनी भिडियो फिल्म हुँदै ठूलो पर्दामा प्रवेश गरेका हुन् ।

‘क्षितिजपारिको लास’, ‘सुनसान’, ‘चित्कार’, ‘अंगुठाछाप’ लगायत भिडियो फिल्ममा अभिनय गरेका उनले केही फिल्म निर्देशन पनि गरेका थिए । प्रकाश सायमीको ‘पृथ्वी’बाट ठूलो पर्दामा डेब्यू गर्दै उनले राजेश हमालका साथीको भूमिका निर्वाह गरेका थिए ।

‘धर्म संकट’, ‘मन मन्दिर’, ‘मुक्तिदाता’, ‘अग्निपथ’, ‘रक्षक’, ‘साथी’देखि ‘झिंगे दाउ’, ‘लाखे’, ‘काँडेतार’, ‘परदेशी २’ मा पनि उनले काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?