+
+
Shares

एमसीए नेपालले थाल्यो धानखोला-लमही सडक खण्ड स्तरोन्नति कार्य

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमसीए नेपालले पूर्वपश्चिम राजमार्गको ४० किलोमिटर लामो धानखोला–लमही सडक खण्ड स्तरोन्नति कार्य बुधबारदेखि सुरु गरेको छ।
  • सडक स्तरोन्नतिका लागि नेपालमै पहिलो पटक फुल डेप्थ रिक्लेमेसन र सुपरपेभ आस्फाल्ट प्रविधि प्रयोग भइरहेको छ।
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आधुनिक प्रविधि प्रयोगले सडकको गुणस्तर र टिकाउपना सुनिश्चित हुने बताए।

१६ वैशाख, काठमाडौं । एमसीए नेपालले पूर्वपश्चिम राजमार्गको ४० किलोमिटर लामो धानखोला – लमही सडक खण्ड स्तरोन्नति कार्य बुधबारदेखि थालेको छ ।

यो सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि नेपालमै पहिलो पटक अत्याधुनिक निर्माण प्रविधि फुल डेप्थ रिक्लेमेसन र सुपरपेभ आस्फाल्ट प्रयोग गरिँदैछ।

यसबाट बलियो एवम् टिकाउ सडक निर्माण हुने एमएसीए नेपालले जनाएको छ । ‘पहिल्यै भएका आस्फाल्ट पदार्थ पुनःप्रयोग गरी वातावरणीय प्रभाव न्यूनीकरण गरेर यस पद्धतिले सडक मर्मतमा गरिएको लगानीलाई दीर्घकालका लागि थप भरपर्दो तथा लागत प्रभावकारी बनाउन सहयोग गर्नेछ’ एमसीए नेपालले एक विज्ञप्तिमा भनेको छ, ‘यस आयोजनाले सडकको दुवैतर्फ सात मिटर चौडा क्यारिजवे र साढे दुई मिटर चौडा सोल्जर निर्माण गरेर सडकलाई १२ मिटर चौडा बनाउनेछ।’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बोधन गर्दै सडकको राम्रो गुणस्तर र टिकाउपना सुनिश्चित गर्ने एफडीआर तथा सुपरपेभ जस्ता आधुनिक प्रविधि प्रयोगको सराहना गरे । ‘यो सडक खण्डको स्तरोन्नतिले यात्रालाई थप सुरक्षित र भरपर्दो बनाउने मात्र नभई स्थानीय व्यवसायी, किसान तथा उद्यमीका लागि नयाँ अवसरहरू पनि सिर्जना गर्नेछ’ उनले भने ।

यसैगरी नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले एमसीसी नेपाल कम्प्याक्टमार्फत ढुवानी लागत घटाउने, सुरक्षा वृद्धि गर्ने तथा समुदायहरूलाई बजार र अवसरहरूसँग जोड्ने उच्च पूर्वाधारमा लगानी भएको बताए ।

‘यस आयोजनाले नेपालको भविष्यप्रति हाम्रो विश्वास र दिगो आर्थिक वृद्धिका लागि संयुक्त निष्ठालाई प्रतिविम्बित गर्छ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशील बाबु ढकालले आयोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

एमसीसीका राष्ट्रिय आवासीय उप–निर्देशक सञ्जय पौड्यालले आधुनिक प्रविधि प्रयोग गरेर सबल एवम् लागत प्रभावकारी पूर्वाधार निर्माणमा नेपाललाई सघाउने एमसीसीको प्रतिबद्धतालाई प्रतिविम्बित गरेको उल्लेख गरे ।  समारोहलाई सम्बोधन गर्दै एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यो आयोजना प्रभावकारी रूपमा, पारदर्शितापूर्वक तथा उच्चतम गुणस्तरसहित सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?