+
+
Shares

अवैध रूपमा भारततर्फ लगिएको ६ हजार किलो स्याउ सीमाबाट बरामद

सशस्त्र प्रहरी बल नेपालले शनिबार महोत्तरीको मनराशीसवा नगरपालिका-२ स्थित सीमा क्षेत्रबाट  ६ हजार ९ किलो स्याउसहित तीन वटा पिकअप गाडी नियन्त्रणमा लिएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते १५:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरीको मनराशीसवा नगरपालिका-२ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा ६ हजार ९ किलो स्याउ बरामद भएको छ।
  • सशस्त्र प्रहरी बल नेपालले स्याउ बोकेको प्रदेश ०२-०२-००१ च ०७२२, प्रदेश १-०४-००१ च ०४१४ र मधेश प्रदेश ०४-००१ च ०३८० नम्बरका तीन वटा गाडी नियन्त्रणमा लिएको छ।
  • बरामद स्याउ ३४५ कार्टुनमा रहेको र आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया चलिरहेको छ।

१९ वैशाख, काठमाडौं । महोत्तरीमा नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा भारततर्फ लैजान लागेको ६ हजार किलो स्याउ बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपालले शनिबार महोत्तरीको मनराशीसवा नगरपालिका-२ स्थित सीमा क्षेत्रबाट  ६ हजार ९ किलो स्याउसहित तीन वटा पिकअप गाडी नियन्त्रणमा लिएको जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपालमा सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले स्याउ बोकेका प्रदेश ०२-०२-००१ च ०७२२, प्रदेश १-०४-००१ च ०४१४ र मधेश प्रदेश ०४-००१ च ०३८० नम्बरका तीन वटा गाडी फेला परेको जनाएका छन् ।

उनका अनुसार ती गाडीमा ३४५ कार्टुनमा ६ हजार ९ किलोग्राम स्याउ बरामद भएको हो ।  बरामद गाडी तथा स्याउ आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया चलिरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?