News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल चिकित्सक संघको अध्यक्ष पदका लागि डा. मंगल रावलले ४६५ मत ल्याएर अग्रस्थानमा छन् भने डा. बद्री रिजालले ४०९ मत प्राप्त गरेका छन्।
- वरिष्ठ उपाध्यक्षमा डा. किर्तिपाल सुवेदी ३९८ मतसहित अगाडि छन् र डा. सञ्जीव तिवारी ३७८ मतसहित दोस्रो स्थानमा छन्।
- निर्वाचनमा कुल ७ हजार १०१ मत खसेको छ र मतगणना जारी छ, जसमा अधिकांश पदमा कडा प्रतिस्पर्धा देखिएको छ।
२० वैशाख, काठमाडौं । नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा प्यानल भोट नखसेको संकेत देखिएको छ । १ हजार १ मत गणना हुँदा अध्यक्षदेखि सदस्यसम्मका अधिकांश पदमा कडा प्रतिस्पर्धा देखिएको छ । अध्यक्ष पदमा डा. मंगल रावल अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी डा. बद्री रिजालले कम मतका साथ पछ्याइरहेका छन् ।
पछिल्लो मत परिणामअनुसार डा. रावलले ४६५ मत प्राप्त गरेका छन् । डा. रिजालले ४०९ मत ल्याउँदै मतान्तर घटाउने क्रममा छन् । तेस्रो स्थानमा रहेका डा. नारायण प्रसाद भुसालले १२१ मत प्राप्त गरेका छन् ।
वरिष्ठ उपाध्यक्षतर्फ कडा प्रतिस्पर्धा छ । डा. किर्तिपाल सुवेदी ३९८ मतसहित अग्रस्थानमा रहँदा डा. सञ्जीव तिवारी ३७८ मतसहित झिनो अन्तरमा पछ्याइरहेका छन् ।
महासचिव पदमा डा. कालु सिंह खत्री ३७३ मतसहित अगाडि छन् । डा. बिश्वराज दवाडी ३४७ मतसहित दोस्रो स्थानमा छन् ।
प्रदेश संयोजकतर्फ अधिकांश क्षेत्रमा टिम बद्रीका उम्मेदवारको अग्रता कायम रहेको देखिन्छ । कोषाध्यक्ष पदमा डा. संयुक्ता आचार्यले ४०७ मत ल्याएर पहिलो स्थानमा छिन् । सह–सचिवमा डा. हुलास अग्रवाल ४८५ र सह–कोषाध्यक्षमा डा. तेज्सु सिंह मल्लले ४४२ मत ल्याएर अग्रता कायम गरेका छन् ।
सदस्य पदतर्फ डा. हिमलाल भण्डारी, डा. अरुण उप्रेती, डा. शेषराज घिमिरेलगायत उम्मेदवारहरू शीर्ष स्थानमा छन् । कुल ६ सदस्य चयन हुने व्यवस्था रहेको छ ।
निर्वाचनमा काठमाडौं उपत्यका र उपत्यका बाहिरको गरी कुल ७ हजार १०१ भोट खसेको थियो । यो कुल सदस्य संख्याको ४४.१० प्रतिशत हो । नेपाल चिकित्सक संघको निर्वाचन समितिका अनुसार मतदान गर्न यसपटक कुल १६ हजार १०० चिकित्सक योग्य थिए ।
मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ । प्रतिस्पर्धा अधिकांश पदमा कडा देखिएकाले अन्तिम परिणामसम्म रोचकता कायम रहने देखिन्छ ।
गणना भएका मत : १,००१
अध्यक्ष – १ सिट
१. डा. मंगल रावल — ४६५
२. डा. बद्री रिजाल — ४०९
३. डा. नारायण प्रसाद भुसाल — १२१
वरिष्ठ उपाध्यक्ष – १ सिट
१. डा. कीर्तिपाल सुवेदी — ३९८
२. डा. सञ्जीव तिवारी — ३७८
३. डा. अजय कुमार मिश्र — १७५
महासचिव – १ सिट
१. डा. कालु सिंह खत्री — ३७३
२. डा. विश्वराज दवाडी — ३४७
३. डा. अमृत भुसाल — २३७
उपाध्यक्ष (प्रदेश संयोजक)
कोशी प्रदेश
१. डा. रोशन खड्का — ३७५
२. डा. टंकाप्रसाद बराकोटी — ३३५
३. डा. हरिशंकर कार्की — १२९
मधेश प्रदेश
१. डा. अमित रञ्जन मिश्र — ४०९
२. डा. उदयनारायण सिंह — २८७
३. डा. मोहम्मद अनामुल हक — १४४
बागमती प्रदेश
१. डा. सुवास भट्टराई — ३३१
२. डा. अरुण शाही — २९६
३. डा. अकानन्द सिंह — १३७
४. डा. रुबास नाथ योगी — ११५
गण्डकी प्रदेश
१. डा. यज्ञराज सिग्देल — ४३६
२. डा. नवराज लाम्दारी — ३७०
लुम्बिनी प्रदेश
१. डा. सन्तोष पोखरेल — ४४४
२. डा. नन्दा कुमार गुरुङ — ३१३
३. डा. लक्ष्मण शर्मा — १७७
कर्णाली प्रदेश
१. डा. रबिन खड्का — ३४९
२. डा. सरोज गिरी — ३२५
३. डा. अनुप मंगल समाल — १५६
सुदूरपश्चिम प्रदेश
१. डा. प्रमोद जोशी — ४५५
२. डा. निरज अर्याल — ३८२
कोषाध्यक्ष – १ सिट
१. डा. संयुक्ता आचार्य — ४०७
२. डा. चाँदनी जैसवाल — २९७
३. डा. विनोद कुमार महसेठ — १३३
सहसचिव – १ सिट
१. डा. हुलास अग्रवाल — ४८५
२. डा. राम जीवन प्रसाद — १९९
३. डा. सन्तोष अधिकारी — १९३
सहकोषाध्यक्ष – १ सिट
१. डा. तेज्सु सिंह मल्ल — ४४२
२. डा. सुवास गुरुङ — २९२
३. डा. राजकुमार दंगल — ११४
सदस्य – शीर्ष १०
१. डा. हिमलाल भण्डारी — ५०४
२. डा. अरुण उप्रेती — ४४२
३. डा. शेषराज घिमिरे — ४१७
४. डा. अमित झा — ३८३
५. डा. सुष्मित काफ्ले — ३६४
६. डा. पल्पसा श्रेष्ठ — ३४१
७. डा. निराजन तामाङ — ३१०
८. डा. राकेश शाह — ३०२
९. डा. बिना श्रेष्ठ — २९९
१०. डा. सुमेध मिश्र — २९५
प्रतिक्रिया 4