२१, वैशाख, बुटवल । नेपाल उद्योग व्यापार महासङ्घको चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महादिवेशनबाट बुटवलका उद्योगी खिमनारायण पराजुलीलाई अध्यक्ष्य पदमा निर्वाचित भएका छन् ।
आइतबार नवलपुर गैडाकोटमा सम्पन्न दोस्रो राष्ट्रिय अधिवेशनले पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतरूपमा निर्वाचित गरेको हो।
महासंघको निवर्तमान अध्यक्ष खिमलाल भण्डारी, वरिष्ठ उपाध्यक्षमा यज्ञ प्रसाद पन्त, उद्योग उपाध्यक्षमा दामोदर नेपाल, बाणिज्य उपाध्यक्षमा लोकजंग लामा, बस्तुगत उपाध्यक्षमा शिवराज दुवाडी , एशोसिएट उपाध्यक्षमा दिपेन्द्र विष्ट, खुल्ला उपाध्यक्षमा उपेन्द्र चौधरी, रामसुन्दर विके, प्रकाश पाण्डे, जनकराज पराजुली, महिला उपाध्यक्षमा कल्पना शर्मा निर्वाचित भएका छन् ।
यस्तै महासचिवमा सूर्य थापा, कोषाध्यक्षमा आशीष कार्की, उपमहासचिवमा कुमार थापा, सचिवहरूमा चेत बहादुर खड्का, मिनराज भण्डारी, प्रेम सुनार, तपेन्द्र प्रसाद जोशी, केदारनाथ अधिकारी,सहकोषाध्यक्षमा नेत्र प्रसाद आचार्य सहित ९९ सदस्यीय केन्द्रिय कार्य समिति निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष पराजुलीले जानकारी दिए ।
प्रतिक्रिया 4