News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरास्थित भाटभटेनी सुपर स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आएको छ।
- भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले दैनिक बिहान १० बजेदेखि सेवा उपलब्ध हुने जानकारी दिए।
- गत भदौ २४ गते जेनजी आन्दोलनका बेला उक्त स्टोरमा क्षति पुगेको थियो।
२१ वैशाख, काठमाडौं । पोखरास्थित भाटभटेनी सुपर स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आएको छ ।
उक्त स्टोरले सोमबारदेखि दैनिक रूपमा बिहान १० बजेदेखि नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए ।
ग्राहकको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको उनले बताए ।
गत भदौ २४ गते जेनजी आन्दोलनका बेला पोखराको भाटभटेनी सुपर स्टोरमा पनि क्षति पुगेको थियो ।
‘फेरि पनि सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सरोकारवालाको निरन्तर साथ, सहयोग र विश्वासप्रति रहनेमा हामी आशावादी छौं’ पौडेलले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4