+
+
Shares

सुकुमवासी बस्तीमा तत्काल डोजर आतंक रोक्न सांसद शर्माको माग

उनले सुकुमवासी बस्तीमा राज्यले बल प्रयोग गर्दा बालबालिका, सुत्केरी, गर्भवती र वृद्धवृद्धाहरूको मानव अधिकार गम्भीर रूपमा हनन भएको बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १६:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले सुकुमवासी व्यवस्थापनमा भइरहेको डोजर आतंक तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
  • सांसद शर्माले सुकुमवासी पहिचान नगरी डोजर चलाउँदा बालबालिका, सुत्केरी, गर्भवती र वृद्धवृद्धाहरूको मानव अधिकार हनन भएको बताइन्।
  • सरकारले सुकुमवासी पहिचानका लागि टोली खटाएर उचित व्यवस्थापन गरेपछि मात्रै संरचना हटाउनुपर्ने सांसद शर्माको भनाइ छ।

२१ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले सुकुमवासी व्यवस्थापनका नाममा भइरहेको ‘डोजर आतंक’ तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बैठकमा आफ्नो धारणा राख्दै सांसद शर्माले वास्तविक सुकुमवासी र हुकुमवासीको पहिचान नगरी बस्तीहरूमा डोजर चलाउँदा मानवीय संकट उत्पन्न भएको बताएकी हुन् ।

उनले सुकुमवासी बस्तीमा राज्यले बल प्रयोग गर्दा बालबालिका, सुत्केरी, गर्भवती र वृद्धवृद्धाहरूको मानव अधिकार गम्भीर रूपमा हनन भएको बताइन् ।

उनले सरकारले पहिला सुकुम्बासी पहिचानका लागि टोली खटाउनुपर्ने र उचित व्यवस्थापन गरेपछि मात्रै संरचना हटाउनुपर्नेमा जोड दिइन्।

‘यो जमिन सरकारको हो भने हामी नागरिक चाहीँ कसका हौँ ?’ भन्ने सुकुमवासीहरूको प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘वास्तविक सुकुमवासी को हो भन्ने पहिचान नगरी र उचित विकल्प नदिई डोजर चलाउँदा अहिले खोला किनारका बस्तीहरूमा चिल्लीबिल्ली भएको छ । आज बालबालिकाहरू स्कुल जान पाएका छैनन्, कक्षा १२ को परीक्षा चलिरहेको छ । सुत्केरी र गर्भवती महिलाहरूको अवस्था दयनीय छ । हाम्रो समिति मानव अधिकार समिति पनि भएकाले यसतर्फ गम्भीर ध्यानाकर्षण हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?