News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले अध्यादेशमार्फत राजनीतिक नियुक्ति खारेज गरेपछि केन्द्रीय चलचित्र जाँच समितिका केही सदस्य पदमुक्त भैसकेका छन्।
- सेन्सर बोर्डका अध्यक्ष उदय बहादुर रानामगर पुनर्वहाली भैसकेका छन् र नयाँ तीन सदस्य थपिएका छन्।
- सेन्सर बोर्डले चलचित्र विकास बोर्डमार्फत १० जना विज्ञको रोस्टर मागेर तीन सदस्य छनोट गरेको छ र सेन्सर प्रक्रिया प्रभावित हुन छोडेको छ।
काठमाडौं । सरकारले अध्यादेशमार्फत राजनीतिक नियुक्ति खारेज गरेपछि केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)का केही सदस्य पदमुक्त भैसकेका छन् । नियमावली र ऐनको कुरा बाझिँदा समिति अध्यक्ष नै पदमुक्त भएको कुरा उल्लेख थियो ।
अहिले भने, संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता समेत रहेका उदय बहादुर रानामगर अध्यक्षमा पुनर्वहाली भैसकेका छन् । अध्यादेशपछि पदमुक्त भएका ३ जना सदस्यको ठाउँमा नयाँ विज्ञ सदस्य थपिएका छन् ।
समिति पदाधिकारीविहिन हुँदा चलचित्र जाँच नै प्रभावित हुने अवस्था आएको थियो । सेन्सर गर्न पुगेका ‘मालती मंगले’का निर्माता फर्किएका थिए । अहिले भने, सेन्सरको अन्योल हटेको सेन्सर बोर्ड अध्यक्ष तथा मन्त्रालयका प्रवक्ता रानामगरले अनलाइनखबरलाई बताएका छन् ।
३ जना सदस्य हटेपछि सेन्सर बोर्डले चलचित्र विकास बोर्डमार्फत १० जना ‘चलचित्र विज्ञ’को रोस्टर मगाएको थियो । त्यहाँबाट छनोट गरेर ३ जना विज्ञ बोर्डमा आएको अध्यक्ष रानामगरले बताए । मन्त्रीस्तरीय निर्णय नभएसम्म बोर्डबाट मगाइएका विज्ञले नै सेन्सर कार्य गर्ने भएका छन् ।
‘सेन्सरलाई लिएर भैरहेको अन्योलता सकिएको छ’ अध्यक्ष मगरले भने, ‘म आफै पुनर्वहाली भैसकेको छु । अरु नाम बोर्डबाट मगाएर पूरा भैसकेको छ ।’ मन्त्रालयका प्रवक्ता तथा सहसचिव नै बोर्डको पदेन अध्यक्ष हुने व्यवस्था छ ।
समितिमा अध्यक्षसहित ८ जना सदस्य रहने प्रावधान छ ।
प्रतिक्रिया 4