+
+
Shares

मुग्लिन-आँबुखैरेनी सडक खण्ड खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुग्लिन-आँबुखैरेनी सडक खण्डमा ठूलाठूला ढुंगा खस्दा बिहीबार दिउँसो केहीबेर सडक अवरुद्ध भएको थियो।
  • नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले जेसीबीको सहयोगमा ढुंगा पन्छाएपछि सडक सञ्चालनमा आएको प्रहरी निरीक्षक प्रतीक सुवेदीले बताए।
  • ढुंगा खस्ने घटना आँबुखैरेनी गाउँपालिका-४ स्थित पावर हाउस नजिकै भएको थियो।

२४ वैशाख, काठमाडौं । मुग्लिन-आँबुखैरेनी सडक खण्डमा ठूलाठूला ढुंगा खस्दा अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।

सडकमाथिबाट ढुंगा खस्दा बिहीबार दिउँसो केहीबेर सडक अवरुद्ध भएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले एउटा जेसीबीको सहयोगमा ढुँगा पन्छाएसँगै यातायात सञ्चालनमा आएको प्रहरी निरीक्षक प्रतीक सुवेदीले अनलाइनखबरलाई जानकारी दिए ।

सो सडकखण्ड अन्तर्गत आँबुखैरेनी गाउँपालिका-४ स्थित पावर हाउस नजिकै ढुंगासहितको पहिरो खस्दा बिहीबार दिउँसो केही समय यातायात अवरुद्ध भएको थियो ।

तस्वीर सौजन्य : राजेश कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?