+
+
Shares

प्रधानन्यायाधीश सिफारिसबारे धारणा तय गर्न बारले बोलायो बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते २०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बार एसोसिएसनले संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे आफ्नो धारणा भोलि मात्र सार्वजनिक गर्ने भएको छ।
  • बारका अध्यक्ष डा. विजय मिश्रले पूर्वपदाधिकारीसँग छलफल गरेपछि औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए।
  • संवैधानिक परिषद्को बैठकले सर्वोच्चका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।

२४ वैशाख, काठमाडौं । नेपाल बार एसोसिएसनले संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसको विषयमा आफ्नो धारणा भोलि मात्र सार्वजनिक गर्ने भएको छ ।

बारका अध्यक्ष डा. विजय मिश्रले पूर्वपदाधिकारीसँग छलफल गरेपछि मात्र बार एसोसिएसनले औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए ।

‘यो विषयमा पूर्वपदाधिकारीहरूसँग छलफलपछि मात्र हाम्रो धारणा बाहिर ल्याउँछौं । भोलि नै बैठक बस्छौं,’ अध्यक्ष मिश्रले भने ।

संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्चका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ६ जना न्यायाधीश मध्ये शर्मा चोथौ नम्बरमा थिए ।

संवैधानिक परिषद्को निर्णयमा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले फरक मत राखेका थिए ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि डा. शर्मा प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?