+
+
Shares
संवैधानिक परिषद्‌मा प्रधानमन्त्रीको तर्क :

‘प्रधानन्यायाधीशमा परम्परा भनेर हुन्न, योग्यता र विज्ञता चाहिन्छ’

प्रधानमन्त्रीको तर्कमा संवैधानिक परिषद्का दुई जना सदस्य दाहाल र आङ्देम्बेले सहमत हुन नसक्ने भन्दै लिखित असहमति दर्ज गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले वरिष्ठत् न्यायाधीश सपना प्रधान मल्लभन्दा तल्लो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई सिफारिस गर्दा 'परम्परा' तोड्नुपर्ने तर्क गर्नुभएको छ।
  • संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले उक्त सिफारिसमा असहमति जनाउँदै लिखित मत बुझाएका छन्।
  • न्यायापरिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि छ जनाको नाम संवैधानिक परिषद्‌मा पठाएको थियो, जसमा मनोजकुमार शर्माको नाम चौथो नम्बरमा थियो।

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वरिष्ठत् न्यायाधीश सपना प्रधान मल्ल सहित अन्य तीन जना न्यायाधीश भन्दा तल्लो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई सिफारिस गर्दा ‘परम्परा’ भनेर बस्न नसकिने तर्क गरेका छन् ।

संवैधानिक परिषद्को बिहीबारको बैठकमा उनले विगतको परम्परा तोड्दै चौथो नम्बरका शर्माको नाम पेश गर्दा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले असहमति राखेपछि प्रधानमन्त्रीले अब परम्परा भनेर नहुने न्याय सम्पादन र विज्ञता पनि ख्याल गर्नुपर्ने भन्दै आफ्नो प्रस्तावको पक्षमा समर्थन जुटाउन खोजेका थिए ।

यही कारण बैठकमा केहीबेर तर्कवितर्क भएको थियो । प्रधानमन्त्रीको तर्कमा संवैधानिक परिषद्का दुई जना सदस्य दाहाल र आङ्देम्बेले सहमत हुन नसक्ने भन्दै लिखित असहमति दर्ज गराएका छन् । विधि र परम्परा मिचेर आएको प्रस्तावमा सहमति हुन सकिएन भन्ने ब्योहोराको लिखित मत उनीहरूले संवैधानिक परिषद्लाई बुझाएका छन् ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा न्यायापरिषद्ले छ जनाको नाम संवैधानिक परिषद्‌मा पठाएको थियो । त्यसमा रोलक्रमअनुसार वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयालपछि मनोजकुमार शर्माको नाम थियो ।

त्यसपछि डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?