News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले वरिष्ठताक्रम मिचेर प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेका छन्।
- राष्ट्रिय सभाका अध्यक्ष नरायण प्रसाद दाहाल र प्रमुख विपक्षी दलका नेता भिष्मराज आङदेम्बेले लिखित असहमति राखेका छन्।
- डा. शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरे ३३ औं प्रधानन्यायाधीश बन्नेछन् र ६ वर्ष कार्यकाल रहनेछ।
२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वरिष्ठताक्रम मिचेर प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि संवैधानिक परिषद्मा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदेम्बेले लिखित असहमति राखेका छन् ।
प्रधानमन्त्रीले क्षमता र योग्यताका हिसाबले शर्मालाई नियुक्त गर्नुपर्ने भन्दै बैठकमा प्रस्ताव गरेका थिए । उक्त प्रस्तावले प्रधानन्यायाधीश नियुक्तिको परम्परा र वरिष्ठताक्रम मिचिएको भन्दै उनीहरूले फरक मत राखेका हुन् ।
‘प्रतिपक्षी र राष्ट्रिय सभाको अध्यक्षको रुपमा हाम्रो फरक मत रह्यो,’ राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अनलाइनखबरसँग भने, ‘विधि प्रक्रिया मिचेर हठात् प्रस्ताव आएकाले सहमति जनाउन सकिएन ।’
प्रधानमन्त्रीले न्याय सम्पादन मात्र भनेर भएन न्याय सम्पादन र विज्ञका हिसाबले शर्मालाई प्रस्ताव गरिएको भन्दै दलिल पेश गरेका थिए ।
नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा उनी ३३ औं प्रधानन्यायाधीश बन्नेछन् ।
६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त शर्मा संसदीय सुनुवाइबाट अनुमोदन भएमा पुरै कार्यकाल अर्थात् ६ वर्ष प्रधानन्यायाधीश रहनेछन् ।
प्रतिक्रिया 4