News Summary
Generated by OK AI. Editorially reviewed.- विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद्मा नाराबाजी गरेका छन्।
- आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा प्रधानमन्त्री उपस्थित नभएपछि विपक्षीले विरोध जारी राखेका हुन्।
- सभामुखले विपक्षी दलका सांसदहरूलाई आफ्नो धारणा राख्ने मौका दिएका छन्।
३० वैशाख, काठमाडौं । विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्रीको खोजी गर्दै नाराबाजी गरेका छन् ।
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै विपक्षी सांसदहरूले नाराबाजी गरेका हुन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएपछि विपक्षीहरूले संसद्मा नाराबाजी गरेका हुन् ।
आजदेखि नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ । जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले नाराबाजी गरेका हुन् ।
विपक्षी सांसदहरू उठेर विरोध जारी राखेपछि अहिले सभामुखले विपक्षी दलका सांसदहरूले आफ्नो धारणा राख्ने मौका दिएका छन् ।
उनीहरूले संसद्मा अहिले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरेका हुन् ।
प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ संसद् हलबाट बाहिरिएका छन् ।

प्रतिक्रिया 4