+
+
Shares

स्वतन्त्र पत्रकारिताको अभियान जारी : पत्रिकाले छापे कलम चिह्नसहितका सन्देश

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १०:४७

४ जेठ, काठमाडौं । निजी मिडियाप्रति सरकारी नीतिको विरोध गर्दै आएका सञ्चार गृहहरुले स्वतन्त्र पत्रकारिताको अभियान जारी राखेका छन् ।

आज केही पत्रिकाहरुले पहिलो पृष्ठमा कलम चिह्नभित्र स्वतन्त्र प्रेसको रक्षा र लोकतन्त्रको सम्मान गर्नुपर्ने नारासहितका विभिन्न सन्देश छापेका छन् ।

मध्याह्न दैनिक, राजधानी दैनिक, आर्थिक अभियान दैनिक, मेचीकाली दैनिक लगायतले सन्देश प्रकाशित गरेका हुन् । उनीहरुले ‘प्रेस स्वतन्त्रता कमजोर हुँदा नागरिक अधिकार पनि असुरक्षित हुन्छ,’ भन्ने सन्देश प्रकाशित गरेका छन् ।

मिडिया एलायन्स र मिडिया सोसाइटीसँगको परामर्शमा स्वतन्त्र पत्रकारिताको अभियान अन्तर्गत आज ती सन्देश छापिएको मिडिया एलायन्सका सदस्य मदनकुमार श्रेष्ठले जानकारी दिए ।

‘स्वतन्त्र पत्रकारिता कसरी बचाउन सकिन्छ भन्ने हिसाबले अभियान चलाइएको हो,’ मध्याह्न दैनिकका प्रधान सम्पादक समेत रहेका श्रेष्ठले भने, ‘मिडियामा कसैको हस्तक्षेप नहोस्, अप्ठ्यारो नआओस् भन्ने हामी चाहान्छौं ।’

यसअघि ३० चैतमा देशभरका पत्रिकाहरुले पहिलो पृष्ठमा समाचार प्रकाशित नगरी प्रश्नवाचक चिह्न मात्र छापेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत १८ गते सूचना प्रकाशित गर्दै निजी सञ्चारमाध्यममा सार्वजनिक निकायका सूचना नछाप्ने निर्देशन दिएको थियो । उक्त निर्णय विरुद्धको मुद्दा अदालतमा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?