+
+
Shares

नवौं राष्ट्रिय रनिङ शिल्ड दोहोरी प्रतियोगिता जेठ २९ देखि

आगामी जेठ २९ गतेदेखि नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आगामी जेठ २९ गतेदेखि ३१ गतेसम्म नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता नुवाकोटको बिदुरनगरपालिकामा हुने भएको छ।
  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगरको अध्यक्षतामा बसेको सचिवालय बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको हो।
  • प्रतियोगिताले लोक तथा दोहोरी क्षेत्रमा नयाँ तथा उदाउँदा कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको प्रतिष्ठानले जनाएको छ।

४ जेठ, काठमाडौं । आगामी जेठ २९ गतेदेखि नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगरको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले प्रतियोगिता यही जेठ २९ गतेदेखि ३१ गतेसम्म गर्ने निर्णय गरेको हो ।

प्रतियोगिता नुवाकोटको बिदुरनगरपालिका गर्ने निर्णय गरेको प्रतिष्ठानले जानकारी दिएको छ । प्रतिष्ठानले हरेक वर्ष यो प्रतियोगिता गर्दै आएको छ । लोक तथा दोहोरी क्षेत्रमा नयाँ तथा उदाउँदा कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिँदै आएको प्रतिष्ठानले जनाएको छ। गत वर्ष उक्त प्रतियोगिता चितवनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?