४ जेठ, काठमाडौं । दाङको टारिगाउँ विमानस्थल उपेक्षामा परेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदी ले सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘वि.सं. २०११ सालमा स्थापना भएको दाङको टारिगाउँ विमानस्थल सात दशक बितिसक्दा पनि विस्तार हुन सकेको छैन’ सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘यो दाङसहित सल्यान, प्युठान, रोल्पा र रुकुमका लाखौँ जनताको जीवनरेखा हो। तर आजसम्म पनि यो उपेक्षामा परेको छ।’
त्यस्तै, लमही–घोराही–तुलसीपुर चारलेन सडक, राप्ती राजमार्ग, दाङ–सुर्खेत सडक तथा दामोदर मार्ग र तुलसीपुर–खिलतपुर सडकको अवस्था अत्यन्त दयनीय रहेको विषय पनि उठाए । उनले अगाडि भने, ‘यी सडकहरूको कमजोर अवस्थाले जनताले दैनिक सास्ती र दुर्घटनाको जोखिम भोगिरहेका छन्।’
आगामी बजेटमा टरिगाउँ विमानस्थल विस्तार र यी रणनीतिक सडकहरूका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग उनको माग छ ।
प्रतिक्रिया 4