+
+
Shares

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिलाे दिन ३७८ ले पाए

 समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १६:५१
मन्त्री प्रतिभा रावल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले समस्याग्रस्त सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ।
  • समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर, शिव शिखर र पशुपति सहकारीका बचतकर्तालाई रकम फिर्ता गरेको छ।
  • समितिले समस्याग्रस्त सहकारीका ७६ हजार बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने र पाँच लाखभन्दा कम बचतकर्तालाई साना बचतकर्ता वर्गीकरण गरेको जनाएको छ।

४ जेठ, काठमाडौं। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो ।

समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारीका ७ जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।  समितिका अनुसार आज पहिलो दिन थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिए पनि अब क्रमश: बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिने छ ।

समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता छन् ।

५ लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र ५ लाखभन्दा बढी रकम भएका बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये ५ लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने काम समेत तीव्र रूपमा भइरहेको बताइन् । उनका अनुसार समस्याग्रस्त सहकारीका ऋणहरूको नाममा सार्वजनिक भएपछि अहिले ऋणीहरूले ऋण फिर्ता गर्न लागेका छन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार अहिले समस्याग्रस्त सहकारीका ऋणीहरूले २ करोडभन्दा बढी ऋण फिर्ता गरेका छन् । ऋणी असुली र बचत फिर्ता सँगसँगै अघि बढ्ने समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?