+
+
Shares

रुखले च्यापेर दुई जनाको मृत्यु

रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रुखले च्यापेर दुई जनाको मृत्यु भएको छ ।

रासस रासस
२०८३ जेठ १२ गते २०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पाको थवाङमा हावाहुरीले ढालेको रूखले च्यापेर ६० वर्षीया रुजु झाँक्री र ५० वर्षीया मनबुजी झाँक्रीको मृत्यु भएको छ ।
  • थवाङ आधारभूत अस्पतालमा बिरामी भेटेर घर फर्कने क्रममा हावाहुरीसँगै रूख ढल्दा उनीहरू दुर्घटनामा परेका थिए ।
  • दुर्घटनामा घाइते भएकी रुजुको घटनास्थलमै र मनबुजीको उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

१२ जेठ, दाङ । रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रुखले च्यापेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ हेलोवाङकी ६० वर्षीया रुजु झाँक्री र सोही ठाउँकी ५० वर्षीया मनबुजी झाँक्री रहेको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।

उनका अनुसार रुजुको घटनास्थलमा नै र मनबुजीको उपचारका लागि कास्की पोखरातर्फ लैजाने क्रममा आज मृत्यु भएको हो ।

उनीहरू दुवै जना सोमबार बेलुकी थवाङ आधारभूत अस्पतालमा बिरामी भेट्न गएका थिए ।

बिरामी भेटेर घरतर्फ फर्किने क्रममा बेलुकी हावाहुरीसहितको पानी पर्दा बाटोमाथिबाट उत्तिसको रूख ढलेपछि उनीहरूलाई च्यापेको थियो ।

रुख ढलेर मानिसहरू च्यापेको भन्ने खबर पाउनासाथ इलाका प्रहरी कार्यालय थवाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर घाइतेलाई उद्धार गरेको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?