+
+
Shares

बीमा प्राधिकरणको अध्यक्ष पदका लागि खुल्यो आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते ११:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पद नियुक्तिका लागि गठित सिफारिश समितिले योग्य नागरिकबाट सात दिनभित्र आवेदन माग गरेको छ ।
  • इच्छुक आवेदकले आगामी १९ जेठभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन पेश गर्नुपर्नेछ ।
  • अध्यक्षका लागि तोकिएका विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको तथा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने योग्यता तोकिएको छ ।

१३ जेठ, काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पद नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन माग गरेको छ ।

रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि नाम सिफारिस गर्ने समितिले एक सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका नागरिकलाई ७ दिनभित्र आवेदन दिन भनेको छ । जेठ १९ गतेभित्र इच्छुक नागरिकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन पेश गर्नुपर्नेछ ।

प्राधिकरणको अध्यक्षका लागि बीमा, मौद्रिक, बैकिङ वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ ।

त्यस्तै उच्च नैतिक चरित्र भएको, ३० वर्ष पूरा भइ ६५ वर्ष ननाघेको, भ्रष्टाचार, सम्पत्ती शुद्धीकरण, मानव बेचबिखनजस्ता कसूर नरहेका, कालोसूचीमा नपरेका वा फुकुवा भएको ३ वर्ष पूरा भएको जस्ता योग्यता जरुरत पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?