News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म पूँजीगत खर्च बढ्न नसकेको स्वीकार गर्नुभयो ।
- नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने र अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान आर्थिक सर्वेक्षणमा गरिएको छ ।
- अर्थमन्त्री वाग्लेले राजस्व संकलनमा सुधार भएको बताउँदै सर्वेक्षणले औंल्याएका विषयलाई बजेटमार्फत सम्बोधन गरिने जानकारी दिनुभयो ।
१३ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आवको तेस्रो त्रैमासिक अवधिसम्म पूँजीगत खर्च उल्लेख्य बढ्न नसकेको स्वीकार गरेका छन् ।
आर्थिक सर्वेक्षण २०८२/८३ सांसदमा सार्वजनिक गर्दै उनले अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी गराएका छन् । यसबीचमा विश्व परिवेशमै आर्थिक वृद्धिदर खुम्चिने तथ्य प्रस्तुत गर्दै नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत बराबर हुने जानकारी गराए ।
अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने विषय समेत उनले उल्लेख गरे । यस अवधिमा राजस्व संकलनमा सुधार भएको उनले बताए । यस सर्वेक्षणले औंल्याएका विषय बजेटमार्फत सम्बोधन गरिने अर्थमन्त्रीले बताए ।
विश्व अर्थतन्त्रको विस्तार ३.१ प्रतिशतमा सीमित हुने अनुमान रहेको उनले बताए । वाग्लेका अनुसार नेपालको उपभोक्ता मुद्रास्फीति ६ प्रतिशत माथि रहने छ । नेपालमा बागमती र गण्डकी प्रदेशबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा तल रहने उनले बताए ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २४ प्रतिशत र गैरकृषि क्षेत्रले ७६ प्रतिशत योगदान गर्ने जानकारी अर्थमन्त्रीले गराए । यस वर्ष कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय र सेवा क्षेत्रको योगदान क्रमशः २४.४६, १३.७३ र ६१.८१ प्रतिशत रहने देखिएको छ ।
फागुनसम्म ४ हजार १०५ मेगावाट विद्युत् उत्पादन क्षमता पुगेको बताउँदै उनले ९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको उल्लेख गरे ।
प्रतिक्रिया 4