+
+
Shares

मधेशका अर्थमन्त्रीको पहिलो निर्णय : साप्ताहिक रूपमा खर्च विवरण सार्वजनिक गर्ने

उनले आज पदभार ग्रहण गर्दै खर्च तथा आम्दानी र सञ्चित कोषको विवरण सप्ताहिक रूपमा सार्वजनिक गर्ने निर्णय गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १४:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री युवराज भट्टराईले पदभार ग्रहण गरे ।
  • उनले प्रदेश सरकारको खर्च, आम्दानी र सञ्चित कोषको विवरण साप्ताहिक रूपमा सार्वजनिक गर्ने पहिलो निर्णय गरे ।

१३ जेठ, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री युवराज भट्टराईले पदभार ग्रहण गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी ( नेकपा) संसदीय दलका नेता रहेका भट्टराई मंगलबार अर्थमन्त्रीमा नियुक्त भएर पद तथा गोपनियताको शपथ लिएका थिए ।

उनले आज पदभार ग्रहण गर्दै खर्च तथा आम्दानी र सञ्चित कोषको विवरण सप्ताहिक रूपमा सार्वजनिक गर्ने निर्णय गरेका हुन् ।

प्रदेश सरकारको खर्च तथा आम्दानीको विवरण, सञ्चितकोषको अवस्था साप्ताहिक रूपमा वेबसाइट तथा सामाजिक सञ्जालहरूबाट सार्वजनिक गर्ने उनको पहिलो र एक मात्र निर्णय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?