News Summary
Generated by OK AI. Editorially reviewed.- मिस नेपालकी फाइनलिस्ट तथा सामाजिक अभियन्ता ऐश्वर्या श्रेष्ठ विश्वप्रसिद्ध म्यागजिन फोर्ब्सको प्रतिष्ठित ‘थर्टी अन्डर थर्टी एसिया २०२६’ को सूचीमा परेकी छन् ।
- दलित, जनजाति र ग्रामीण समुदायका महिला तथा बालबालिकाको सशक्तीकरण र विकासमा पुर्याएको योगदानका आधारमा उनी सामाजिक प्रभाव विधाअन्तर्गत छनोट भएकी हुन् ।
- सन् २०२० मा स्थापित ‘हार्ट अफ नेपाल’ की सहसंस्थापक श्रेष्ठले सिन्धुपाल्चोकको इन्द्रावतीमा शिक्षा, खाद्य सुरक्षा र सीप विकासका क्षेत्रमा काम गर्दै आएकी छन् ।
काठमाडौं । मिस नेपालकी फाइनलिस्ट तथा सामाजिक अभियन्ता ऐश्वर्या श्रेष्ठ विश्वप्रसिद्ध म्यागजिन फोर्ब्सको प्रतिष्ठित ‘थर्टी अन्डर थर्टी एसिया २०२६’ सूचीमा परेकी छन् ।
‘हार्ट अफ नेपाल’की सह-संस्थापक श्रेष्ठ सामाजिक प्रभाव (सोसल इम्प्याक्ट) विधाअन्तर्गत छनोट भएकी हुन् । दलित, जनजाति तथा ग्रामीण समुदायका महिला र बालबालिकाको शिक्षा, पोषण, आर्थिक सशक्तीकरण र सामुदायिक विकासमा पुर्याएको योगदानका आधारमा फोर्ब्सले उनलाई सूचीमा राखेको हो ।
सन् २०२० मा स्थापना भएको ‘हार्ट अफ नेपाल’मार्फत उनले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा शिक्षा, खाद्य सुरक्षा, सीप विकास र स्थानीय नेतृत्व निर्माणका क्षेत्रमा काम गर्दै आएकी छन् ।
‘अन्तध्र्वनि नेपाल’ नामक संस्थामार्फत मानसिक स्वास्थ्यसम्बन्धी निःशुल्क सेवा समेत सञ्चालन गरिरहेकी श्रेष्ठ त्रिभुवन विश्वविद्यालयबाट सामाजिक कार्यमा स्नातकोत्तर उत्तीर्ण हुन् भने हाल कोलम्बिया विश्वविद्यालयमा विद्यावारिधि (पीएचडी) अध्ययनरत छिन् ।
सन् २०२५ मा उनी राष्ट्रसंघको एसडीजी युवा नेतामा समेत छनोट भएकी थिइन् । फोब्र्स सूचीमा परेपछि सामाजिक सञ्जालमार्फत उनले यो उपलब्धिलाई यात्राको महत्वपूर्ण क्षण भन्दै साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन् ।
ऐश्वर्याले सन् २०२३ मा आयोजित मिस नेपाल प्रतियोगितामा प्रतिस्पर्धा गरेकी थिइन् । उनी त्यस वर्षको फाइनलिस्टमध्ये एक थिइन् र प्रतियोगितामा ‘मिस इन्टेलेक्चुअल’ तथा ‘मिस फिटनेस’ उपाधि समेत जितेकी थिइन् ।
त्यसअघि उनले सन् २०२२ मा ‘मिस ग्राण्ड नेपाल’को उपाधि जितेर नेपाललाई मिस ग्रान्ड इन्टरनेसनल २०२२ मा प्रतिनिधित्व गरेकी थिइन् ।
प्रतिक्रिया 4