News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपा सांसद खुश्बु ओलीले संसदमा प्रस्तुत बजेट वास्तविक स्रोतको आकलन नगरी ल्याएकाले यसको कार्यान्वयनप्रति शङ्का गरेकी छन् ।
- बजेट राजनीतिक प्रदर्शनको औजार बन्ने खतरा औंल्याउँदै उनले, "जनताले विश्वास गुमाउने खतरा छ," भनिन् ।
१५ जेठ, काठमाडौं । राप्रपाका सांसद खुश्बु ओलीले संसदमा प्रस्तुत बजेट कार्यान्वयनप्रति शंका गरेकी छन् ।
स्रोतको आकलन नगरी आएको बजेट कार्यान्वयनमा समस्या आउन सक्ने उनले प्रतिक्रिया जनाएकी छन् । ‘वास्तविक स्रोत बिना घोषणा गरिएको बजेट आश्वासनमा मात्रै सीमित हुँदा नीतिगत बिफलतामा परिणत हुने हो कि .. ,’ सांसद ओलीले शंका गरिन् ।
सबै पक्षलाई खुशी पार्नेगरी ल्याइएको बजेटले सरकारलाई अल्पकालीन लोकप्रियतातिर धकेल्ने खतरा रहेको पनि उनले बताइन् ।
‘जनताले विश्वास गुमाउने खतरा छ,’ उनले भनिन्, ‘बजेट विकासको औजार भन्दा पनि राजनीतिक प्रदर्शनको औजार बन्ने खतरा छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4