+
+
Shares

सङ्खुवासभामा सुख्खा पहिरो, उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

भविन कार्की भविन कार्की
२०८३ जेठ १६ गते ९:२१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ मा सुख्खा पहिरो खस्दा खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ ।
  • पहिरोले करिब १५ मिटर कच्ची सडक पुरिएकाले खाँदबारीबाट भोटखोलाको च्याम्ताङ जाने सवारीसाधन ठप्प भएका छन् ।
  • सडकमा खसेको पहिरो हटाई यातायात सुचारु गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

१६ जेठ, सङ्खुवासभा । उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका- ४ मा सुख्खा पहिरो खसेको छ । खाँदबारी -किमाथाङ्का सडकखण्डमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

माथिबाट खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए । सडकमा खसेको ठूला-ठूला ढुङ्गासहितको सुख्खा पहिरोले सडक अवरुद्ध भएको प्रहरी निरीक्षक राजवंशीले बताए ।

उक्त पहिरोले करिव १५ मिटर कच्ची सडकखण्ड पुरिएको प्रहरीले जनाएको छ । पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन वारपार गर्न सकेको छैनन् । पहिरो हटाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?