+
+
Shares

कांग्रेस महामन्त्रीको चिन्ता- नेपाल एकात्मक व्यवस्थातर्फ फर्किने चर्चा छ

‘थारु समुदाय उपेक्षामा परेको सत्य हो । तर, अहिले संविधानले धेरै कुरा दिएको छ । त्यो पूर्ण छ भनेर म भन्दिनँ, त्यसको रक्षा गर्ने दायित्व हाम्रो हो,’ महामन्त्री पौडेलले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते १६:१४

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाललाई फेरि एकात्मक व्यवस्थामै फर्काउने चर्चा चलिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार कांग्रेसको भ्रातृ संस्था नेपाल थारु संघको पहिलो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संघीयता खारेज गर्ने खालका चर्चातर्फ इंगित गरेका हुन् ।

‘संविधानमा प्राप्त भएका उपलपब्धि सुरक्षित गरेर जानुपर्ने स्थिति छ । मुलुक फेरि एकात्मक राज्य प्रणालीमा फर्किने चर्चापरिचर्चा भइरहेका छन्,’ महामन्त्री पौडेलले भने, ‘संसदीय व्यवस्थालाई कमजोर बनाउनेगरी काम भइरहेका छन् ।’

त्यसैले यही संविधानमा प्राप्त भएका कुरालाई रक्षा गर्दै कार्यान्वयन गर्ने कुरा सबैले मिलेर लाग्नुपर्ने उनले बताए । यी उपलब्धि पनि खोसिए फेरि राज्य एकात्मक व्यवस्थातर्फ फर्किन सक्ने उनले बताए ।

‘थारु समुदाय उपेक्षामा परेको सत्य हो । तर, अहिले संविधानले धेरै कुरा दिएको छ । त्यो पूर्ण छ भनेर म भन्दिनँ, त्यसको रक्षा गर्ने दायित्व हाम्रो हो,’ महामन्त्री पौडेलले भने ।

थारु समुदायले बोर्डरमा बसेर नेपालको रक्षा गरेको र नेपालको आर्थिक विकासमा पनि ठूलो भूमिका निर्वाह गरेको उनले स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?