+
+
Shares

सभामुखको आग्रह– सरकारलाई पनि घण्टी बजाइदिनुहोला

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते १६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख डोलप्रसाद अर्यालले सरकार गलत दिशामा गएमा वा काममा ढिलाइ भएमा घण्टी बजाएर सचेत गराउन आग्रह गरेका छन् ।
  • उनले कानून निर्माण प्रक्रियामा व्यवस्थापिकालाई आवश्यक सुझाव दिन र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यहरूलाई घच्घच्याउन आग्रह गरे ।
  • वर्तमान पुस्ताले नै देशमा सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य पूरा गर्नुपर्नेमा उनले जोड दिए ।

१६ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले देशलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकार गलत दिशामा गएमा वा काम गर्नमा ढिलाइ भएको अवस्थामा घण्टी बजाएर सचेत गराउन आग्रह पनि गरे । कानून निर्माण प्रक्रियामा सुझाव दिन र सरकारका कमजोरीप्रति समयमै सचेत गराउन उनको आग्रह थियो ।

‘कानून निर्माण व्यवस्थापिकालाई सघाउने, सुझाव दिने, कहाँ कस्तो कानून चाहिन्छ, कस्तो कानून बनाएमा देशको जनता खुशी हुनसक्छन्, सुखी हुन सक्छन्, यो देश समृद्ध हुनसक्छ, त्यो बाटो तपाईंहरूले देखाउनुपर्छ । तपाईहरूले जसरी लायन्स क्लबमा बिहानै उठेर घण्टी बजाउने गर्नुहुन्छ,’ अर्यालले अघि भने, ‘अब सरकारलाई पनि घण्टी बजाइदिनुहोला की यहाँनेर गलत हुँदैछ, यो छिटो गर्नुस्, यसरी काम गर्नुस्, यसरी गर्नुपर्छ, जनताको माग यो हो, आजको जनताको आवश्यकता यो हो । त्यसैगरि कानून निर्माणमा पनि प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूलाई पनि तपाईंहरूले घच्घच्याउनुस् ।’

सभामुख अर्यालले देशमा सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य वर्तमान पुस्ताले नै पूरा गर्नुपर्नेमा जोड पनि दिए ।

नेपालका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरूलाई विश्वसामु प्रभावकारी रूपमा प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्दै उहाँले लुम्बिनी, सगरमाथा, पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, जानकी मन्दिर तथा पाथीभरा मन्दिरजस्ता गन्तव्यहरूले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनको प्रमुख केन्द्र बनाउन सक्ने सभामुख अर्यालको भनाइ थियो ।

‘हामी हाम्रै पालामा यो देश समृद्ध बनाउनुपर्छ । हामी हाम्रै पालामा यो देशको भ्रष्टाचार अन्त्य गर्नुपर्छ, हामी हाम्रै पालामा यो देशमा सुशासन कायम गर्नुपर्छ । हाम्रा सन्तानहरूलाई यो देशमा राजनीति गरेर, नेतृत्वमा पुगेर देशलाई अझ हामीले खनेको बाटोलाई अझ राम्रो बनाउने जिम्मेवारी सुम्पिनुपर्नेछ । यो देशलाई विकास गरेरै छाड्नुपनर्नेछ, भ्रष्टाचार अन्त्य गरेरै छाड्नुपर्नेछ, सुशासन कायम गरेरै छाड्नुपर्नेछ,’ उनले भने, ‘निजी क्षेत्रलाई उकास्न पर्नेछ, प्रोत्साहन गर्नुपर्नेछ । हामी सबैका सन्तानलाई यो देशमा फिर्ता बोलाउनुपर्नेछ, यो देश बस्न लायक देश बनाउनैपर्नेछ, यो देश बस्न लायक देश नै हो । यो देश सुन्दर छ, संसारले यो देशलाई खोजी गर्ने गरेका छन् । यो देशमा संसारका नागरिकलाई आउने वातावरण बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?