News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्षदेखि सूचना प्रविधि क्षेत्रका कम्पनीमा कार्यरत कर्मचारीले पाउने स्वेट सेयरलाई आयमा गणना नगर्ने व्यवस्था गरेको छ ।
- अन्य क्षेत्रका कर्मचारीले पाउने यस्तो सेयरको बजार मूल्य बराबरको रकमलाई भने आयमै जोडेर कर तिर्नुपर्ने व्यवस्था कायम राखिएको छ ।
- सरकारले सूचना प्रविधि क्षेत्रको सेवा निर्यात गरी आर्जन गरेको आयमा ५० प्रतिशत कर छुट दिने व्यवस्था बजेटमार्फत गरेको छ ।
१६ जेठ, काठमाडौं । सरकारले कर्मचारीले पाउने ‘स्वेट सेयर’को सन्दर्भ विभेदकारी निर्णय गरेको छ । सरकारले आगामी आर्थिक वर्ष देखि सूचना प्रविधि क्षेत्रका कम्पनीमा कर्मचारीका हकमा स्वेट सेयरलाई आयमा गणना गर्न नपर्ने व्यवस्था गरेको हो ।
सरकारले अन्य कम्पनीका कर्मचारीको हकमा भने आयामा गणना गरेर कर तिर्नु पर्ने व्यवस्था कायम राखेको हो । स्वेट इक्विटी सेयर भनेको कम्पनीले आफ्ना कर्मचारीलाई नगद पारिश्रमिकको सट्टा वा थपमा प्रदान गर्ने सेयर हो ।
आर्थिक ऐन, २०८३ ले आयकर ऐनको दफा ८(३) मा संशोधन गरी सूचना प्रविधि क्षेत्रमा काम गर्ने कर्मचारीले प्राप्त गर्ने स्वेट इक्विटी सेयर रोजगारीको आयमा समावेश गर्न नपर्ने व्यवस्था गरेको छ ।
अन्य क्षेत्रमा रोजगारी गर्ने व्यक्तिले पाउने स्वेट इक्विटी सेयर भने सेयरको बजार मूल्य बराबर पाउने व्यक्तिको आयमा जोडिन्छ र सेयर पाएबापत उसले कर तिर्नुपर्ने हुन्छ ।
सूचना प्रविधि क्षेत्रमा काम गर्नेका लागि यो व्यवस्था सकारात्मक छ । एउटै प्रकृतिको आयमा क्षेत्रका आधारमा फरक कर व्यवहार गर्नु कर ऐनमा समता नहुनु हो ।
त्यसैगरी सरकारले सुचना प्रविधि उद्योगलाई राष्ट्र नयाँ आर्थिक इञ्जीनका रुपमा अघि बढाउन यस्ता सेवाको निर्यातबाट आर्जित आयामा ५० प्रतिशत कर छुट दिने ब्यवस्था समेत आगामी आर्थिक वर्ष बजेटले गरेको छ ।
प्रतिक्रिया 4