0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

अदालतको लेटरप्याड र न्यायाधीशको हस्ताक्षर किर्ते गर्ने व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १८:५६

२६ जेठ, काठमाडौं । अदालतको लेटरप्याड र आधिकारिक व्यक्तिको हस्ताक्षर किर्ते गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–७ घर भएका २६ वर्षीय विवश अधिकारी छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । गत १५ चैतमा अधिकारीको नाममा मुद्दा खोल्ने तथा पुन: प्रमाणीकरण सम्बन्धी सूचना भन्ने पत्र किर्ते बनाइएको खुलेको हो ।

मुद्दाको अन्तिम निर्णय भएपछि विवश अधिकारीको बैंकमा एक करोड २३ लाख रकमान्तर हुने र २४ चैतमा सेवा शुल्क भुक्तानी सम्बन्धी झुटा लिखत तयार गरी विवश अधिकारीलाई अदालतबाट एक लाख ६ हजार ५०० बुझाउने भन्ने आदेश दिएको भनी अदालतको नक्कली पत्र बनाइएको सीआईबीले बताएको छ ।

काठमाडौं जिल्ला अदालतको लेटरप्याडमा न्यायाधीश, श्रेस्तेदार, अधिकृतको समेत दस्तखत किर्ते उल्लेख गरेको पाइएपछि उनलाई पक्राउ गरिएको सीआईबीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?