+
+
Shares

‘कंगाल करोडपति’ मा जोडिए रेयर राई

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता रेयर राई आगामी नेपाली फिल्म ‘कंगाल करोडपति’मा मुख्य भूमिकाका लागि अनुबन्धित भएका छन् ।
  • राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको यस फिल्ममा मुकुन भुषाल र सलिना तामाङ पनि मुख्य भूमिकामा रहनेछन् ।
  • फिल्मको पटकथा सुमन गजमेरले लेखेका हुन् भने हाल निर्माण टोलीले छायांकनका लागि लोकेसन रेकी गरिरहेको छ ।

काठमाडौं । अभिनेता रेयर राई आगामी नेपाली फिल्म ‘कंगाल करोडपति’मा अनुबन्धित भएका छन् । फिल्ममा यसअघि मुख्य भूमिकामा अभिनेता मुकुन भुषाल र सलिना तामाङ अनुबन्धित भइसकेका छन् ।

राजु श्रेष्ठको निर्देशन रहने फिल्म पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो । प्रस्तुतकर्ता प्रविण आचार्य हुन् भने निर्माता अनिलकुमार बुढाथोकी छन् ।

फिल्ममा छिरिङ तामाङ, प्रविण राई र प्रवेश सापकोटा सह-निर्माताका रूपमा आबद्ध छन् । रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसर हुन् ।

फिल्मको पटकथा सुमन गजमेरले लेखेका हुन् । हाल छायांकनका लागि विभिन्न स्थानको लोकेसन रेकी भइरहेको छ । साथै, केही कलाकार छायांकन हुने क्षेत्रबाटै चयन गरिने तयारी रहेको जनाइएको छ ।

अन्य कलाकार तथा छायांकनसम्बन्धी थप विवरण केही दिनभित्र सार्वजनिक गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?