+
+
Shares

‘कंगाल करोडपति’ बाट अभिनयमा डेब्यू गर्दै सलिना

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘कंगाल करोडपति’मा अभिनेता मुकुन भुसालको जोडीका रूपमा सलिना नयाँ अनुहारका रूपमा अनुबन्धित भएकी छिन् ।
  • बलिउड अभिनेता सौरभ सचदेवाबाट अभिनय प्रशिक्षण लिएकी सलिनाले यसै फिल्ममार्फत नेपाली रजतपटमा डेब्यू गर्न लागेकी हुन् ।
  • ‘यस फिल्ममा एउटा पात्रको रूपमा अभिनय गर्ने अवसर पाउँदा म अत्यन्तै खुसी छु’ भन्दै सलिनाले फिल्मका लागि आफ्नो उत्साह व्यक्त गरिन् ।

काठमाडौं । निर्माण तयारीमा रहेको फिल्म ‘कंगोल करोडपति’ कास्टिङलाई लिएर चर्चामा छ । यो फिल्मको शीर्ष भूमिकामा यसअघि मुकुन भुसाल अनुबन्धित भैसकेका छन् ।

निर्माताले यो फिल्मबाट नयाँ अनुहारलाई ‘लिड एक्ट्रेस’को रुपमा डेब्यू गराउँदैछन् । निर्देशक राजु श्रेष्ठले यो फिल्ममा मुकुन र सलिनालाई जोडीको रुपमा दर्शकमाझ ल्याउँदैछन् ।

अनुबन्धित भएपछि सलिनाले ‘कंगाल करोडपति’ डेब्यूका लागि उपयुक्त फिल्म भएको बताइन् ।

‘यस फिल्ममा एउटा पात्रको रूपमा अभिनय गर्ने अवसर पाउँदा म अत्यन्तै खुसी छु । मेरो अभिनय र आउँदै गरेको यस फिल्मलाई सबैले धेरैभन्दा धेरै माया र साथ दिनुहुनेछ भन्ने आशा गरेकी छु’ उनले भनिन् ।

भारतको मुम्बईमा अभिनय प्रशिक्षण लिइरहेकी सलिना यो फिल्मका लागि नेपाल आउँदैछिन् । उनले बलिउडका चर्चित अभिनय प्रशिक्षक तथा अभिनेता सौरभ सचदेवासँग अभिनय प्रशिक्षण लिएको बताइएको छ । सचदेवा रणवीर कपूर अभिनीत ब्लकबस्टर फिल्म ‘एनिमल’ लगायत विभिन्न चर्चित फिल्ममा अभिनय गरिसकेका अभिनेता हुन् ।

‘कंगाल करोडपति’ पाठशाला प्रालिको ब्यानरमा निर्माण हुँदैछ । प्रस्तुतकर्ता प्रविण आचार्य हुन् भने निर्माता अनिलकुमार बुढाथोकी हुन् ।सहनिर्मातामा छिरिङ तामाङ, प्रबिन राई र प्रवेश सापकोटा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?