+
+
Shares

प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच ४ घण्टा छलफल

रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच ४ घण्टा बढी छलफल भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १८:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच लामिछानेको निवासमा चार घण्टाभन्दा बढी समय छलफल भएको छ।
  • प्रधानमन्त्री शाह बिहान सवा ११ बजे बूढानीलकण्ठस्थित लामिछाने निवास पुगेका थिए भने दिउँसो सवा ३ बजेमात्रै त्यहाँबाट बाहिरिएका छन्।
  • दुवैजनाबीच भएको लामो छलफललाई निकै अर्थपूर्ण मानिएको छ।

२८ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच ४ घण्टा बढी छलफल भएको छ । सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह उनकै निवास पुगेका थिए ।

बूढानीलकण्ठस्थित लामिछाने निवासमा बालेन सवा ११ बजे पुगेका थिए । सवार ११ बजे लामिछाने निवास पुगेका शाह सवा ३ बजेमात्रै निस्किएका थिए ।

‘समसामयिक राजनीतिकको विषयमा उहाँहरूबीच छलफल भयो,’ स्रोतले भन्यो ।

उनीहरूबीच सुकुमवासी समस्या समाधान, पार्टी पदाधिकारी मनोनित लगायतका विषयमा छलफल भएको बताइएको छ । हालै चितवनमा सम्पन्न पहिलो महाधिवेशनपछि मनोनित हुन बाँकी ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्यको विषयमा पनि दुई जनाबीच छलफल भएको बताइएको छ।

प्रधानमन्त्रीसमेत रहेका बालेन शाह रास्वपाको वरिष्ठ नेता मनोनित हुने यसअघि नै सहमति भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?