+
+
Shares

प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रसँग भेट्दै बालेन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते २३:०१

२३ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग भेट्ने भएका छन् । उनले बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग भेट्न लागेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

बुधबार प्रधानमन्त्रीसँग भेटघाट हुने जानकारी आफूले पनि पाएको नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले जानकारी दिए ।

‘बुधबार प्रधानमन्त्रीसँग भेटघाट हुने भन्ने जानकारी आएको छ, कति बजे भन्ने चाहिँ सूचना आइसकेको छैन । म आफू बाहिर छु तर हाम्रा साथीहरू बैठकमा सहभागी हुनुहुन्छ,’ उनले भने ।

सरकारसँग संवाद नै नहुँदा निजी क्षेत्रको मनोवल कमजोर बनेकाले आफूहरूले प्रधानमन्त्रीसँग छलफलका लागि लामै समयदेखि समय मागिरहेको र अहिले बैठक तय भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?